हाम्रो वर्तमान


पुष १०, २०८१, बुधबार | विहान ०४:४३ बजे | 10


हाम्रो वर्तमान

डा इन्दुल केसी
छ्यापा छ्याप हिलोको
संसदमा पक्ष विपक्षको ।

कालो धनको पोलापोल
जनता जनार्दनको खोई मोल ?

छट्टुहरु जप्छन् लुतको मन्त्र
गणतन्त्र केवल गन गन तन्त्र ?

भ्रष्टाचारको जालो यत्र तत्र
नारा केवल जिन्दावाद मुर्दावाद !

विदेश पलायनको लर्को लाग्यो
गाउँघरको बाँजो खेत खडेरी लाग्यो ।

असक्त असहाय बुढाबुढीहरु
विवश, बेसहारा छन् आफ्नै गाउँमा ।

थिचो मिचो च्यापा च्याप
सिमाना यो राष्ट्रको मिचा मिच ।

बिचौलियाको बलियो प्रभाव
न्यायालय अब कहाँ कहाँ ?

जनप्रतिनिधि जनसेवक नाम मात्र
केवल आ–आफ्नको मात्र हितकारी ।

भन्थे अब सिंहदरबार गाउँ गाउँमा
झम्टिने सिंह पनि घर घरैमा ।

नेपालीले भोग्दैछन् भोक्तमान
यही हो हाम्रो वर्तमान नेपाल ।।
०००                                     २०८१÷९÷८ गते

Comments