“दुई थुँगा फुल” पुस्तकको पुनरावलोकन


पुष ८, २०८१, सोमबार | विहान १०:१० बजे | 100


“दुई थुँगा फुल” पुस्तकको पुनरावलोकन

लेखरत्न शाक्य 
१. प्रथम खण्ड
सत्यमोहन जोशी “जो सिक्कामा सजिए, टिकटमा टाँसिए“ र २÷२ पटक मदन पुरस्कारले विभूषित हुनु भयो । वहाँद्वारा, डा. इन्दुल के.सीज्यूको विषयमा लिखित कविता “दुई थुंगा फूल” जसको सम्पादन श्री रोशन मन्जुश्री आधिकारीद्वारा गरीएको पुस्तक मेरो हातमा परेपछि त्यसलाई सरसती हेर्न र पढ्न पाएपछि त्यसमा अनुदित ३० भाषाका एउटा कविताका अक्षर अक्षरमा मेरो हेराईले पढाई ठेस खान पुगें । पुस्तकमा लिखित केही भाषा बुझ्न पढ्न सक्ने भएता पनि अन्य भाषाका कविताहरु पढ्न र बुझ्न सक्ने भाषिय ज्ञानको अभावले गहिराईमा पस्न सकेन तथापि ती ३० भाषाका कविताहरु देख्न र हेर्न पुस्तकरुपी ऐना क्षणभरमा मलाई ती मुलुकमा घुम्न र शयर गर्न पुगेको अनुभव गर्न पाएँ । जसरी सन्देश वाहक परेवाले संसारलाई उड्दै उड्दै शान्ति छर्दथ्यो, त्यसैगरी ती मुलुकका दृश्यहरूको फोटो मेरो मनमा टाँसिन पुग्यो ।
“दुई थुंगा फूल” पुस्तक फूल र जीवन वीचको तुलना गर्दा उनीहरूको जन्म, जीवन वृद्धिमा फुल र मानवीय जीवनलाई प्रकृतिले आफूसँग खेलाएर एक उर्जावान जीवन दिएको छ त्यसले (कविता) हरेक मानवलाई शिक्षाप्रद ज्ञान र व्यवहार प्रदान गरेको छ, त्यसैगरी डा. इन्दुल के.सी ज्यूको प्रतिभा र प्रयोग वारे वोलेर समस्त युवा पीँढीहरुलाई संसारमा धेरै तन भएका भएता पनि उनी सवै एक मनभएर व्यक्तित्व विकास उन्नतिमा लाग्न सक्नु पर्दछ भन्ने अत्यन्त गहकिला सन्देश दिएको छ ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको शब्दमा वहाँको कविताले डा. इन्दुल के.सी. एक होनहार बहुमुखी प्रतिभाका धनी मात्र नभई प्राकृतिक उपचार विज्ञान विधिका मुर्धन्य चिकित्सक पनि हुनुहुन्छ ।
“दुई थुंगा फूल”लाई दुई पक्षबाट हेरेको छु । ती हुन पहिलो फूलको जीवन र दोस्रो पक्ष हो मान्छेको जीवन । दुवै जन्मदा र हुर्कदा उस्तै प्रकृतिको वगैचाबाट सृष्टि भएको हो । अर्थात फूल फोहरमैला र हिलो मुछिएको माटोमा फुलको जन्म र हुर्केर संसारलाई सुगन्धमय वासना छर्ने काम गर्दछ । त्यस्तै मानिस पनि जन्मेर हुर्केर लेख्ने र पढ्ने गरेर जिवात्माहरुले सर्वश्रेष्ठ प्राणीको रुपमा खडा भएर प्रतिभावान र ज्ञानवान योग्य मानव भएर संसारलाई उज्यालो छर्ने मानिस हुन्छन् । यसको जिवन्त उदाहरण हुन डा. इन्दुल के.सीज्यू ।
माथी मैले उल्लेख गरेका विचारमा ३० भाषाको अर्को काम विभिन्न जाति र वर्गलाई संसारलाई सानो समूहको आपसी मेलमिलापमा आवद्ध गर्ने कार्य गर्दछ भने एक ठाउँको वा देशको मानिस अर्को देशका मानिससम्म डिजिटालाइजेसन यन्त्र झैँ सजिलै पुग्न सक्ने क्षमता अनुवाद साहित्यले क्षणभरमा पुरÞ्याई दिने काम पनि गर्दछ, यो मेरो सोच बिचार हो । यस पुस्तकको मूल कविता “दुई थुंगा फूल”ले एउटा देशमा बस्ने मानिसको सामुदायिक जीवन, परम्परागत संस्कृति, आचार विचार, चालचलन पनि अर्को देशको मानिसको समाजलाई जानकारी दिने काम गर्दछ र गरेको छ भन्ने मैले सोचेको छु ।
२. दोस्रो खण्ड
डा. सत्यमोहन जोशीज्यूले साहित्यको उत्थानको लागि जीवनभर जसरी प्रयास गरिरहनुभयो, त्यसैगरी साहित्यिक प्रतिभाहरुको बारेमा आफ्नो उद्गार वाक्य, कविता वा अन्य अभिव्यक्ति प्रस्तुत गरेर आफ्नो उदारमता व्यक्त गरिरहनुभयो । त्यसैक्रमले जुन व्यक्ति (डा. इन्दुल केसी)लाई आफ्नो कविताको विषय बनाएर “दुई थुंगा फूल”को रचना गर्नुभयो । डा. इन्दुल केसीले पनि जीवनभर समाज र साहित्यको सेवामा आफूलाई समर्पण गरेको मैले आफैले पनि देखेको वा प्रमाणित गरेको छु । प्रमाणबाट नै प्रमेय पुष्टि गरिन्छ र प्रमेयको पुष्टिले नै प्रमाताको उच्चतालाई अभिव्यक्त गर्दछ । यसप्रकार डा. इन्दुल केसीलाई आफ्नो उद्गारको विषय बनाएर प्रमाता डा. इन्दुल केसीले समाज र साहित्यको सेवामा आफ्नो जीवन समर्पण गरेको वास्तविकतालाई समेत उल्लेख गर्न पाउँदा म आफै पनि गद्गदित भएको छु । 
यसै पुस्तकमा “मेरो मानसपटलमा डा. सत्यमोहन जोशी” भन्ने लेख समावेश गरेर डा. इन्दुल केसी संस्थापक अध्यक्ष रहेको कला संस्कृति भजन महागुठी, भक्तपुरको भव्य कार्यक्रमको समुद्घाटन गरेको, सत्यमोहन जोशीज्यूद्वारा २०७८ सालमा डा. इन्दुल केसीलाई दोसल्ला ओढाएर सम्मान गरेको उहाँकै हस्ताक्षर भएको सम्मानपत्र प्रदान गरी सम्मान गरेको, डा. सत्यमोहन जोशीको रथारोहण कार्यक्रममा डा. इन्दुल केसीको अगुवाईमा भक्तपुरका भजन टोलीहरुलाई ललितपुर नगर परिक्रमामा सहभागी गराएको, डा. सत्यमोहन जोशी किष्ट अस्पताल, पाटनको सघन उपचार कक्षमा उपचार गराइरहँदा उहाँको स्वास्थ्यलाभको कामना व्यक्त गर्न डा. इन्दुल केसी सघन उपचार कक्षमा भेट्न जाँदा परिचारिकाहरुले भेट निषेध गर्दा, डा. इन्दुल केसी भन्ने नाम सुन्ने बित्तिकै डा. जोशीले जीवनको त्यस्तो अवस्थामा समेत डा. इन्दुल केसीलाई भेट्नु भएकोसमेत प्रसंग पढ्न पाउँदा, डा. जोशी र डा. केसीबीचको सम्बन्ध अन्तरङ्ग रहेको र डा. जोशी अन्तरात्मा देखिनै डा. केसीले समाज र साहित्य प्रति गरेको सेवाबाट प्रभावित भएर नै “दुई थुंगा फूल” कविता डा. केसी प्रतिको सम्मानको उद्गार हो भन्ने मलाई समेत स्पष्टबोध भएको सबै समक्ष प्रस्तुत गर्न पाउँदा गर्वान्वित भएको छुु ।
अन्तमा
“दुई थुंगा फूल“ पुस्तक एकदमै नौलो र मौलिक प्रतित भएको ठानेको छु । एउटा नेपाली कवितालाई अन्य ३० भाषामा अनुवाद गरी गराई अद्भूत प्रविधि प्रयोग गरेर विश्व बजारमा पुरÞ्याइएको छ । यसप्रकार उच्च व्यक्तित्वबाट उच्च व्यक्तित्वप्रति सम्मानबोधक उदगार÷कविताहरु प्रस्तुत गर्ने र त्यस उद्गारलाई अनन्य भाषामा समेत अनुवाद गरेर सबै भाषा सेवकहरुको उत्साह बर्धन समेत हुन जाने भएकाले यस प्रकार अनुवाद गरेर प्रकाशन गर्ने परम्परा बसाल्न सकेमा सबै पक्षको हित हुन जाने मेरो विश्वासमा अभिवर्धन भएको छ । यस प्रकारको सत्प्रयासको अरुबाट पनि अनुकरण हुन सकोस् भन्ने कामना सहित आफ्नो भनाई टुङ्ग्याउँदछु ।
८८८८

Comments