नाेरीसंग एक क्षण रुमलिदा


पुष ४, २०८१, बिहीबार | विहान ०४:०४ बजे | 30


नाेरीसंग एक क्षण रुमलिदा

यज्ञ कार्की
तीस पेजकाे नाेरी हात पर्नासाथ कहिले पल्टाऊ त्यस भित्रकाे भावसगं ,तालमेल बढाउ की या बिराेधाभाष ? भन्ने हुटहुटीले पिराेली रह्यो । मेराे कवि ईश्वर थाेकरसंगकाे याे तेस्रो भेट थियाे ,पहिलाे भेटमा सामान्य परिचय भएकाे थियाे भने समयकाे अन्तराल पछि दाश्राे भेटमा चाहिँ बढि आत्मियता हुँदै केही समय साहित्यकाका विषयमा चर्चा चलेको थियाे ।
तेस्रो भेट धेरै पछि मात्र भयाे ,त्यो भेटमा अनुपम आनन्दमय भएकाे थियाे ,वहाकाे हातमा नाेरी लघु कविताकाे पुस्तिका थियाे याे वहाकाे तेस्रो कविता संग्रह भन्ने पनि थाहा भयाे ।
भाग्यसंगकाे मेराे भनाई अरुकाे भन्दा अलि फरक थियाे ,जुन नाेरी पढदा मेराे भनाई बहुतै मेल खान पुग्याे , किनभने म भाग्यलाई आधा आधार संयाेग पनि मान्दथे ,याे वहाकाे नाेरी पनि संयाेगले यथार्थकाे धरातलमा टेकेकाे भन्ने याे पढने जाे काेहिलाई पुष्टि हुन्छ नै ।
नाेरी साेह्र शिर्षकमा , छाेटाे ,मिठाे र गम्भीर प्रेम प्रसंगसंग गाँसिएको सरल र मिठासपुर्ण रुचिकर लाग्ने त्यो कवितामा कविले प्रसस्तै मेहनत गरेकाे बाेध हुन्छ र " जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि" भन्ने सार्थक भएजस्तो लाग्दछ । हुनत यथार्थ परक कविता लेख्ने कला कमैमा हुन्छ तर नाेरी पढदा याे झनै पुष्टि हुन्छ । नाेरी महिला पात्री वनाएर कविले आफ्नो कवितामा अनुपम साैदर्य झल्काउन सफल भएका छन र यस्काे पहिलाे शिर्षककाे भावमा नारीलाई सुनाउँदछन आकर्षणकाे मनाेश्लेषण ।
हु बहु त्यस्तै अनि फेरि सपनालाई व्युताउने प्रसंगमा
मुटुभित्रकाे उद्देलित भाव पाेख्न खप्पिस छन कवि ।यथार्थमा हामी सवै सपनामै त छाै भन्ने वेदान्त दर्शणकाे अभिप्राय
मिल्दाे जुल्दाे देखिन्छ । फेरि बिशेषगरी प्रेममा प्रेमलाई न लगीदिएर जागृत बाेधमा झल्काउन खाेजेका छन तर याे नै तेस्रो शिर्षकमा नै याे बाेधले पुर्णता पाएकाे जस्तो देखिन्छ,
संवादलाई कलामा सजाउदै लग्ने गुण चाैथाे शिर्षक मा भेटन पुगिन्छ ।
कविलाई प्रश्न गर्ने जिज्ञासा उठ्याे हाे त यस्तै ?
प्रेममा उपहार पाउनु नाैलाे बिषय पनि रहेन तब त कवि ले प्रेमलाई चाेरीदैन भन्ने आभास झल्काउन सके । उपहारले विचित्रकोकाे खुल्दुलि मच्यायाे
अबाेध शिर्षक काे कविता पढदा अर्थलाई अनर्थ मा नलग्ने हाे भने बाबू जत्तिकै पृय मानिन्छ कम्युनिस्ट सिद्धान्त भन्ने दर्शाउदछन उनी ।
अर्को शिर्षक डा.प्रदिपसगकाे बितेको क्षणमा जुन हृदय स्पर्शी
वाक्य छ त्यो हाे "जीवन लामाे छ " सवैकाे मानसपटलमा घुमिरहन्छ ।
यति सम्मका शिर्षकमा यस्तै बुझे ,
कविताकै भाषामा वाेल्ने हाे भने एकैलाईनमै सिङ्ग कविता काेर्न सकिएला
कवीले त सपनामा पनि छाेरीसंग मनका कुरा भन्दै मनकै कुरा चलाएका छन फेरि मनलाई घाेडा सरि दाैडाएका पनि छन ।
विरामीकाे वार्डबाट उनले मनका विरह पनि पाेखे ,
अब त पाेल खाेल्नै पर्याे हैन र? प्रे ममा जुन शब्दले निशब्द भएर खेलि रहन्थ्याे अब शब्दले नै रमाईलाे प्रे म काे खेल खेल्न वंन्चित हुनु नपराेस भन्ने ठानेर अनि जीवन पनि संगालाे नै भने नरेश शाक्यमा पुगेपछि ।
फेरि संझना हरु पढे पछि जा् केही विर्थ वड्थ काे बाल्य कालकाे कविता शिर्षक पढने ले त्यस्तै संझन पुगिन्छन नै ।
अन्तिम शिर्षक रह्यो नाेरीकाे अभिप्रेरणा द्दारा काेरीएकाे हरफका कविता निचोड त यहि हाे यथार्थ परक नारी प्र तिकाे पुरुष काे प्रेम भाव जाे नहुने थियाे न हुने थिएन , त कहाँ सुन्यमै प्रेम घुमिरहेकाे थियाे त ? थियाे भने त्यहिनै अन्तिम सत्य थियाे प्रेमकाे ,पुर्णताकाे ,जीवनकाे उल्लासकाे , आनन्द बिभाेरकाे
अन्तमा मेराे कवित्व साधना कमै भए पनि समिक्षक हुन नरुचाउदा पनि जे जाने जे ठाने त्यहि लेखेँ भुलचुक माफ ।
अस्तु ।

Comments