बालकोटकी यमनले अमेरिकामा जितिन् अवार्ड
मंसिर ३०, २०७७, मङ्गलबार | विहान ०३:०० बजे | 45
भक्तपुर । अफ्नो अध्ययनका क्रममा अमेरिकामा रहँदै आउनुभएकी यमन थापाले कलेजमा उत्कृष्ट अवार्ड हात पार्नु भएको छ । सानो उमेर देखि नै लगनशिल रहँदै आउनुभएकी उहाँले सन् २०२१ का लागि स्टुडेन्ट लिडरशिप अवार्ड जित्नु भएको हो ।
अमेरिकन केमिकल सोसार्ईटी एसीएसको छनोटमा उहाँले उक्त अवार्ड हाँसिल गर्नुभएको हो । एसीएस् अवार्ड आगामी जनवरी ९ र १० तारिकमा प्रदान गरिदै छ । सानै देखि लगनशिल मेहेनति यमनले परिबारको मात्र नभई देशको सान उँचो बनाएकोमा गर्बले छाती फुलेको यमनका पिता बिमल थापा ले बताउनुभयो ।