विलख बन्द
मंसिर २७, २०८१, बिहीबार | विहान ०७:१२ बजे | 40
डा इन्दुल केसी
आशा र निराशा दुई किनारा
दोधारमा प¥यो है एक विचरा ! ।१।
आफन्तहरु सबै तमासे बने
विलख बन्दमा झनै अल्झिए ।२।
जवानी सिङ्गै बित्यो रसरङ्गमा
अब बुढ्यौली लाग्यो बेसहारामा ।३।
थम्याउनै सकिएन केहो–केहो ?
संसार सपना या विपना केहो ? ।४।
न वारी पुगे न पारी पुगे
जीवनको अन्तमा दुब्नै लागे ।५।
यस लोकमा जीवन यस्तै भयो
थाहै भएन परलोकमा हुने के हो ? ।६।
००० २०८१÷८÷२७ गते