दिव्यमन्त्र


मंसिर २०, २०८१, बिहीबार | विहान ०८:१० बजे | 25


दिव्यमन्त्र

डा. इन्दुल के.सी., भक्तपुर
९८४१३३४११३

उठौँ जागौँ कोही पनि कुम्भकर्ण नबनौँ
केवल, छ घण्टामात्र मस्त निद्रामा बिताऔँ ।। १ ।।

उषाकाल–ब्रम्हमुर्तमा उठ्ने बानी बसालौँ
बिउँझेपछि केही शुद्ध जल पिऔँ ।। २ ।।

स्वच्छ हावामा प्राःतकालीन भ्रमण गरौँ
तालि र कुचो योग गरौँ, अनि ध्यान गरौँ ।। ३ ।।

आफ्नै परिश्रमले आवश्यकता पुरा गरौँ
सात्विक भोजनले उचित पोषण गरौँ ।। ४ ।।

माता–पिता, गुरुजनको आज्ञापालन गरौँ
ज्ञानी–मान्यजनबाट दीक्षा प्राप्त गरौँ ।। ५ ।।

परनिर्भरता त्यागौँ, स्वावलम्वी बनौँ
इमानको कमाइले जीवन निर्वाह गरौँ ।। ६ ।।

हामी लोभी, पापी नबनौँ, सन्तोषी बनौँ
कोही कसैको ईष्र्या र डाह पनि नगरौँ ।। ७ ।।

अनाथ असहायहरूको सहयोगी बनौँ
अमूल्य नरदेह यो पूर्ण सफल बनाऔँ ।। ८ ।।

सत्मार्गमा लाग्न हामी सबै प्रेरित होऔँ
दिव्यमन्त्र यही नै हो पालन सबैले गरौँ ।। ९ ।।
००

Comments