हरि अधिकारीको संवादमा समयविम्वमाथि प्राज्ञिक चर्चा
मंसिर ३, २०८१, सोमबार | विहान ०७:१५ बजे | 70
भक्तपुर । साहित्यकार एवं पत्रकार हरि अधिकारीले विशिष्ट व्यक्तिहरुसँंग लिएको अन्तर्वार्ता संकलन गरी प्रकाशित गरिएको पुस्तक संवादमा समयविम्बमाथि सोमबार भक्तपुरमा प्राज्ञिक छलफल गरिएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरको आयोजनामा सेन्टरकै कार्यालय सूर्यविनायक भक्तपुरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा साहित्यकारहरु सनत वस्ती, पूर्व न्यायाधिस गौरीबहादुर कार्की, हेमन्तशमशेर राणालगायतले प्रकाशित पुस्तकबारे चर्चा गरेका थिए । कार्यक्रममा लेखक हरि अधिकारीले स्वागत गरेका थिए । आयोजक सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले विषय उठान गरेका थिए ।