महर्षि स्वामी सच्चिदानन्द विशुद्धदेव सन्दर्भ ः परमपुज्य गुरुदेवको जन्म जयन्ति
मंसिर २, २०८१, आइतबार | विहान ११:५३ बजे | 105
डा इन्दुल केसी
स्वामीज्यूको संक्षिप्त परिचय
भारतको जम्बु कास्मिरमा जन्मनु भएका स्वामी १००८ सच्चिदानन्द विशेद्धदेव (पूर्णचन्द्र शर्माले दिल्ली विश्वविद्यालयबाट भौतिक शास्त्र, राजनीतिक शास्त्र र दर्शन शास्त्रसमेतमा तीन विषयहरुमा स्नातकोत्तर गर्नु भएको थियो । साथै वेद, वेदान्त शास्त्र, पुराण, योग, मनोविज्ञान र आयुर्वेद शास्त्रको प्रचूर ज्ञान वहाँले हाँसिल गर्नुभएको थियो । वहाँले मानसरोवर कैलाश पर्वत नजिकै रहेको गन्धमादन पर्वतमा वीस वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो । वहाँ चारित्रिक चेतना र आध्यात्मिक ज्ञान प्रसारको सिलसिलामा विश्वका सयौं मुलुकहरुको यात्रा गरिसकेपछि सन् १९८३ मा नेपाल आउनुभयो । नेपालमा वहाँको बसाइ १८ वर्ष दाङ जिल्लाको बेलझुण्डी, काठमाडौ स्वयम्भूको गीता मन्दिर, काठमाडौ लाल दरवार तथा काभ्रे जिल्लाको जनगालस्थित हंसदा आश्रममा रहनु भएको थियो । वहाँले नेपालमा चरित्र निर्माण संघको स्थापना गर्नुका साथै चरित्र विज्ञान किताव लेखी प्रकाशित गर्नुभयो । नेपालमा हजारौं शिष्यहरुलाई चरित्र योग–ध्यान आदिको शिक्षा दिनुका साथै सयौं जनालाई दीक्षा प्रदान गर्नुभयो । स्वामी विशुद्धदेवका शिष्यहरुमा तत्कालीन दरवारका उच्च पदमा रहेका शाही परिवार, राणा परिवारका व्यक्तिहरु, निजामती, सैनिक, बहालवाला तथा भूतपूर्व कर्मचारीहरु, प्रोफेसर, लेखक बुद्धिजीवी तथा सयौं महिला र सज्जनहरुले वहाँसँग प्रत्यक्ष साक्षात्कार गरी दिव्य चरित्रिक ज्ञान हासिल गरेका थिए । यसै क्रममा यो लेखको पंक्तिकार म (डा. ईन्दुल के.सी.) स्वयम्ले पनि वहाँबाट ज्ञान गुणका शिक्षा प्राप्त गर्नुको साथै दीक्षित हुने सौभाग्य पाएको थिए ।
चरित्र–विज्ञान पुस्तकको संक्षिप्त विवरण
चरित्र–विज्ञान पुस्तक स्वामि सच्चिदानन्द विशुद्धदेवज्यूले लेख्नु भएको एउटा अति महत्वपुर्ण पुस्तक हो मस्तिष्कमा समझदारी, काँधमा जिमेवारी ।। हृदयमा इमान्दारी ’ भन्ने दिव्य आशीर्वाद यस पुस्तकका समस्त पाठकहरुलाई स्वामी विशुद्धदेवज्यूले दिनु भएको छ । हंसदा योग आश्रम अर्न्तराष्ट्रिय चरित्र निर्माण अभियान संघ, श्री चरित्र ज्योती महाँतिर्थ जनागाल, बनेपाबाट प्रकाशित ३४३ पृष्ठको यो पुस्तक अएउटा अमूल्य ग्रन्थ हो । यस पुस्तकलाई ४ खण्डमा विभक्त गरेका छन् । (१) दर्शन, (२) नित्य अनुष्ठान, (३) आचारशीलन, (४) व्यक्ति र व्यक्तित्व । उल्लेखित ४ खण्डमा विभिन्न शिर्षकका ३० ओटा लेखहरु छन् ।
१. “बह्म–उर्जाको फैलनु र खुम्चनुको कारणवाट काल (कम्पन) शुरु हुन्छ । कालले गति ( भावना) पैदा गराउँछ तथा जहाँ गति हुन्छ त्हाँ चेतना (प्राण) हुन्छ र यी तीनको समन्वयबाट ब्रह्मको क्रियात्मक पक्ष (सृष्टिक्रम) शुरु हुन्छ । हिन्दू संस्कृतिमा अखिल ब्रह्माण्डनायक परब्रह्म परमात्मा जसलाई ‘चतुर्भुज नारायण’ नामले पनि पुकारिन्छ । उहाँका हातमा सजिएर रहेका शङ्ख, चक्र, गदा, पद्म निर्गुण ब्रह्मकै शक्तिका प्रतीकहरु (चिह्न) हुन् । अर्थात् चक्रभनेको काल हो, शङ्ख भनेको गति हो, पद्म भनेको चेतना र गदा भनेको क्रिया वा कर्म हो । यी चार तत्वलाइ ’ब्रह्मका कला’ पनि मान्न सकिन्छ । जो मानवले यो कलास्वप रहेको सृष्टि – महाविज्ञानलाई बुझ्न सक्तछ । उसलाई चतुर्भुज नारायणको अन्तर्दर्शन प्राप्त हुने कुरामा दुइमत हुन सक्तैन ।”
२. “बुद्धिमान मानिसको लागि सानो सङ्केत नै पर्याप्त हुन्छ तर पनि यति त भन्न सक्छौं कि कुनै पनि रोगको मूल कारण शरीरबाट दूषित पदार्थ ननिस्कनु र शरीरको उचित सरसपफाइ नहुनु नै हो । यो कुरा त सर्वस्वीकार्य छ कि लापरवाहीसाथ रोगी भएर त्यसपछि उपचार गराई निरोगी हुनुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । उपचार गराएर निरोगी भएको ‘रोगी–शरीर’ रोग लाग्नुभन्दा अगाडिको जस्तो प्राकृतिक रुपले स्वस्थ्य हुँदैन । तयसकारण शुद्ध आहार– विहार र आचार–विचार गरेर यौगिक क्रियाद्धारा जीवनीशक्तिलाई सहायता पुरÞ्याएर दूषित पदार्थ वाहिर फ्याँकी स्वस्थ र मूलस्वरुपमा रहनु नै जीवनको प्राकृतिक नियम हो । सार्थक जीवन बाँचौं । जो व्यक्ति आफ्नो सुस्वास्थ्यको ख्याल राख्दछ उसले विश्वकै लागि राम्रो कार्य गर्न सक्छ किनकि विश्वलाई उसको माध्यमबाट एक स्वस्थ र चरित्रवान नागरिक प्राप्त हुन्छ । यो पनि नबिसौं कि हामी ईश्वरको पूजा गर्दछौ तर ईश्वर स्वयं सरसफाइको पूजा गर्दछन् । यो ध्रुवसत्य हो । तसर्थ सुस्वास्थ र सरसफाईतर्फ दृढसङ्कल्प लिई पूर्ण आत्मविश्वासले मनलाई वलियो पार्नु पर्दछ कि ‘म निरोगी हूँ’ । रोगी हुनु विकृति हो, स्वास्थ्यता प्रकृति हो र योगासन, प्राणायाम र ध्यानद्धारा आफ्नो शरीर, मन र आत्मालाई सन्तुलित राखी दीर्घजीवी हुन संस्कृति हो । यसो गर्नु हाम्रो धर्म संस्कृतिकै रक्षा गर्नु हो ।
०००
यो लेखको अन्य भागहरु क्रमश प्रकाशीत हुदै जाने छ ।