खाइतुकाे 'इन्द्रिय रङ्गहरू' सार्वजनिक


मंसिर १, २०८१, शनिबार | विहान ०२:१६ बजे | 30


खाइतुकाे 'इन्द्रिय रङ्गहरू' सार्वजनिक

भक्तपुर - शैक्षिक अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुकाे दाेस्राे कृति "इन्द्रिय रङ्गहरू" (आत्मकथा) कृति,गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लाेकार्पण गरिएकाे छ ।  

"इन्द्रिय रङ्गहरू" कृति प्रा.डा. चैतन्य मिश्रले लाेकार्पण गर्नु भएकाे हाे भने पाठशाला बाेलकाे म्युजिक भिडियाे र गुरु वन्दना गीत प्राध्यापक मधुसुदन सुवेदी र  प्रदिप क्षेत्रीले क्रमस: लाेकार्पण गर्नु भएकाे हाे । गुरु वन्दना गीत जितेन्द्र रसिकले गाउनु भएकाे छ भने संगीत राज सागरकाे रहेकाे छ । त्यस्तै पाठशाला गानमा स्वर आहाना खाइतुकाे रहेकाे छ भन संगीत जितेन्द्र रसिककाे रहेकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चैतन्य मिश्रले "इन्द्रिय रङ्गहरू" कृति समयकाे दस्तावेज भएकाे बताउनु भयाे । त्यस्तै प्राध्यापक मधुसुदन सुवेदीले इन्द्रप्रसाद खाइतु फरक तर सरल स्वभावकाे लेखक भएकाे बताउनु भयाे । कार्यक्रममा 'वी क्या एडुकेश्नल' नेपालका अध्यक्ष रत्न राई, नेपाल नर्सिङ काउन्सिलका पूर्व अध्यक्ष दयालक्ष्मी जाेशी, जितेन्द्र रसिक र सरस पाठशालाका प्रधानाध्यापक सञ्चिता तामाङले लेखक खाइतुकाे कृतिबारे टिप्पणी गर्नु भयाे । उहाँहरूले "इन्द्रिय रङ्गहरू" कृति असल मानव, असल विद्यार्थी र असल समाज निर्माणका लागि मात्र नभइ व्यवहारिक शिक्षा पद्धतिका लागि सुझाइएकाे उक्त कृति सबैका लागि उपयाेगी र महत्वपूर्ण रहेकाे बताउनु भयाे । कृतिमा समय समयमा भएका राजनीतिक परिवर्तनले नेपाली शिक्षा क्षेत्रमा पारेका प्रभाव र वर्तमान शिक्षा बारे चित्रण गरिएकाे छ भने नेपालकाे शिक्षा क्षेत्रका समस्या, सम्भावना र अवशरहरू ओैंल्याइएकाे छ । कार्यक्रममा कृतिबारे लेखक खाइतुसँग जितेन्द्र रसिकले अन्तरसंवाद गर्नुभएकाे थियाे ।पुस्तककाे मूल्य ४५० रूपैयाँ रहेकाे छ । लाेकार्पणकाे अवशरमा रू २५० मा पुस्तक विक्रि गरिएकाे थियाे ।

Comments