खोसिए नि हुन्छ मेरो पुरस्कार


कार्तिक २७, २०८१, मङ्गलबार | विहान ०४:२२ बजे | 40


खोसिए नि हुन्छ मेरो पुरस्कार

आदर्श मेरो निमुखा पहुँचविहीन जनताको विचार 
त्याग्छु छलकपटले खोसिए नि हुन्छ मेरो पुरस्कार

अन्यायपूर्ण व्यवहारले म प्रति चलाउँदै छ छुरा
विश्वास गर्दिनँ म आफ्नो आदर्शप्रति हल्लाको कुरा 

खोज्दैछु विघ्न बाधामा छहारी दिने आदर्शको रुख 
कष्ट र भेदभावपूर्ण व्यवहार अन्त्य नै मेरो सुख 

अन्याय दमनको विरोध गरेर नि किन हुन्छ असुर
विना गल्ती तथा अपराध नि स्वीकार्न बाध्य कसुर

सुनाउनु हुन्न रहेछ यहाँ दुःखदायी पिडाको चित्कार
रमाउँदै झुठो आश्वासनमा बाच्नुपर्ने कस्तो चमत्कार

बाढी पहिरोमा मलगायत सर्वसाधारणको विपत्ति
तर सरकार बेफुर्सदी हुँदै मस्त छन् जोहोमै सम्पत्ति 

चुकेको छ बाढी पहिरो पीडितमा पु¥याउन रासन
लाज लाग्दैन विकास र परिवर्तनको नाउँमा शासन 

जनताको दुःखदायी पीडामा नि किन हुन्छन् कलाकार 
म सहन नसक्ने हुँदा खोसिए नि हुन्छ मेरो पुरस्कार

Comments