अक्टोवर क्रान्ति
कार्तिक २३, २०८१, शुक्रबार | दिउँसो ०१:१८ बजे | 15
कुमार लघु, ख्वप
तत्कालै नेपालमा परिवर्तन
जनतालाई अक्टोवर क्रान्ति आए हुन्थो
जनताले शत्रुको मित्रु को हो थाहा लिएन्
जनताको शत्रु सत्ताधारीहरू
किन कि
जनतालाई सुख नदिए कै ले हो शत्रु
जनतालाई रोग भोक समस्या दिएकैले
हो जनताको शत्रु सत्ताधारीहरू
जनताले मार्क्सवादी विचारकहरू वनाउन पुगेन्
कामदार वर्गलाई वुध्दिजिवीकरण गर्न हतारो छ
मार्क्सवादी अध्ययन गोष्ठी चलाउँदै,
जनतालाई प्रशिक्षण गर्ने कहिले ?
शोषक र शोषितको भेद छुट्याउने लेख छपाउनु पर्छ,
तब जनताले शत्रु र मित्र चिनिने छ
जनता विरोधिहरूलाई जेल हाल्नपर्छ
भ्रष्टाचारी र घुस खानेहरूलाई हरियो वासमा झुन्ड्याउनु पर्छ
देशमा देश विकास गर्ने दशकौको योजना हुनुपर्छ
त्यो समय जनतालाई कहिले आउने ?
अझै युगौ युग लाग्छन्
देशको उध्योग कलकारखानाहरू राष्ट्यिकरण गर्न पर्छ
तब जनताले रोजगारी र माम पाउने छ
जनतालाई सस्तो शिक्षा,निशुल्क औषधि उपचारको
निःशुल्क तालिमको वन्दोवस्त हुनुपर्छ
सत्ताधारीहरू जनतालाई शोषण गरेर
हाड छाला वनाउन उड्त छन्
अक्टोवर क्रान्तिको महत्व र उद्देश्य बताउनु पर्छ
जनतालाई कम्युनिष्ट पार्टीमा आवध्द पार्नुछ,
कृषि क्रान्ति गर्नु छ,
समाजलाई कम्युनिष्ट पार्टीको विचारमा वदल्नु आवश्यक छ
लाखौलाख जनताको साहित्य लेख्ने
कवि,कलाकार,नाट्यकर्मीहरू तयार गर्नु छ,
जनता भित्र नै क्रान्तिकारी विचारधाराको परिपक्क व्यक्तित्व
चाहिन्छ,
तब अक्टोवर क्रान्ति गर्न केही सहयोग हुनेछ
वामपन्थि विचारधाराको विचारकहरूको बाहुल्य हुनु पर्ने ,
दक्षिणपन्थीहरूलाई जेलमा हाल्ने र निर्मुल गर्ने कहिले
विदेशको क्रान्तिलाई आफ्नै देश र परिस्थिति अनुसार ढाल्ने नेता हुनुपर्छ,
नेपालमा नेपाली लेनिन र स्टालिन जन्मनु पर्छ,
नेपालमा नेपाली माआको जन्म हुनुपर्छ
नेपालमा नेपालको समय र परिस्थिती अनुसार ढाल्ने नेता हुनुपर्छ,
खोइ जनता जागरुक भएको,
यी फूलहरू जस्तै सुवास छर्ने
क्रान्तिकारी जनतामा हुनुपर्छ ।
२०८१÷०७÷२३, भक्तपुर ः–२,