मन
कार्तिक २१, २०८१, बुधबार | विहान ०४:०८ बजे | 15
कुमार लघु, ख्वप
मन जताततै पोखाउनँ हुदैन
मन जमाएर राख्नुपर्छ
जति मन फुस्किन खोज्छ,
उतिकै कसेर जमाई राख्न पर्छ
सबैको मन उस्तै हुदैन
मन त कमलै हुन्छ
मन त डरो पनि वनाई राख्छ
समस्या सबैको हुन्छ
जिवनमा दुःख सुख सबैको हुन्छ
समस्या नहुने कोही हुन् है
जीव र सजिव सबको हुन्छ
कसैले बोलेर र कोहीले नबोलि
मनैमा संगालेर राख्छ
ढुङ्गा भन्दा साह्रो हुनेहरू छन्
धिऊ नौनी भन्दा नरम पनि छन्
दुःख आईप–र्यो भनेर आँटिनु हुन्न
समयले ल्याउँछ , समयले लग्छ
आफ्नै मुटु चुडालेर लग्छन्
खवरदार होशियार दुईपाईला पछिसर
मुटु जोड्न आउँने बेला सतर्क वन्न
समय एक नासले वहने छैन्
मनले भन्छ कर्म गर
आफ्नो समयले आफूलाई असल गर्छ
चितलाई संगालेर राख
तिमीलाई हेला गर्नेले केही समय हेर्छ
जब तिमीसित समय राम्रो हुन्छ
तब शत्रु पनि हाँसेर आउने छ
तिम्रो परिश्रम र मेहनत देखेर
मनले खुलेर बधाई दिन आउने छ,
मन जताततै नफुस्काऊ
चोलो सारी जमाई लगाऊ
एक दिन खुट्टा ढोग्न आउँनेछ
सत्य जहिले तिम्रो पक्षमा हुन्छ ....
२०८१÷०७÷२१ ,भक्तपुर ,नेपाल