मृत्यु–संवाद
कार्तिक २०, २०८१, मङ्गलबार | विहान ०४:३७ बजे | 15
तिमी मृत्यु खोजी रहेकी छौउ । भने,
आउँदैन उ तिमीसंग ।
तर मृत्यु आईदिन्छ कहिलेकाही
न खोज्दा न खोज्दै ।
वा प्रिय मृत्यु । भन– तिमी कहाँ लुकाएका थियौ ?
खोज्दा न भेट्टाउने गरि
अनि भन– तिमी कसरी आयौ यहाँ ?
पाँउदिन तिमीलाई भन्दाभन्दै ।
अहो आश्चर्य । मृत्यु साक्षात्कार हुनेहरुसंग
बताऊ मलाई तिम्रो मृत्यु बोध ?
फेरि एककुरा चल्यो रोजाईमा मृत्यु ,
तैपनि हरउदोरहेछ मनपरि नपरि ,
आईदिदो रहेछ मृत्यु नरोजीकनै ।
तब त मृत्यु को आभास छैन कसैलाई
भै दिएको भए गर्ने थिएनन् दुष्कर्महरु ,हुनसक्छ दुष्कर्म गर्नैकालागी आभास विहिन आभास भै दिएछ मृत्यु ।
ओ मृत्यु पर्ख ।जीवनलाई पनि साथै लिएर जाउ ,
सक्दिन भन्दछौउ भने फेरि नआउ तिमी यहाँ ।
यदि तिमी जीवनलाई लान सक्दछौउ भने
तिम्रो अनिवार्यतामै म तिमीलाई भेटीरहन्छु ,
नखोजीकन नरोजीकन
तिमीसंगको आँख मिचौली खेल यतिमात्र हुनेछ ।
जतिखेर शरिरलाईमात्र लान सकेको म देख्ने छु ।
तर पनि परिवर्तन को रेखा त बदलिदैन र हैन मृत्यु ?
उ हाँस्यो खित्का छाडेर
हिजो मात्र अमर रहास भनेर दिदिले भाइ टीका लगाई दिएको हैन र?
अमर त तिमी छौउ भन्ने बुझायौ भने
तिम्रो र मेरो आँख मिचौली खेल बन्द हुनेछ ।
मृत्यु बोध हुनै किन पर्याे र ?
बोध हुने पनि अबोध हुन सक्छ हैन र?
हो। बोध हुन जान्छ तिमीसंग
म त बोध भन्दा नी पर छु
जो मलाई छुन सक्दैन नत बुझ्न नै
त्यसैले मृत्यु बोध मेरो हैन
जीवको हो ।
म जीव भन्दा परको हुँ ।
म मात्रै मेरै हुँ ,
न त बोध न त अबोध ।