सकियो विविध भाषा साहित्य सम्मेलन


कार्तिक १७, २०८१, शनिबार | दिउँसो ०३:२९ बजे | 195


सकियो विविध भाषा साहित्य सम्मेलन

बोडे । भक्तपुरको मध्यपुर थिमिमा शनिबार भएको विविध भाषा साहित्य सम्मेलन सकिएको छ । सम्मेलनको क्रममा राति साँंस्कृतिक कार्यक्रम भएको थियो ।  
मध्यपुर थिमिको बोदेमा भएको २६ औ विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रमको क्रममा विभिन्न साहित्कारहरुले साहित्य वाचन गरेका थिए । नेपाली, नेपाल भाषा, तामांङलगायतका बिविध भाषामा साहित्य वाचन गरिएको थियो । साथै गीत संगीत पनि प्रस्तुत गरिएको थियो । साथै नृत्य पनि देखाइएको थियो । साथसाथै विभिन्न वक्ताहरुले मन्तव्य पनि व्यक्त गरेका थिए । 
कार्यक्रमको क्रममा दुई वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । प्रेम के निडरद्धारा लिखित नेपालभाषाको लघु कथा संग्रह न्हुपिं जुजुपिं (नयाँं राजाहरु) र विविध भाषा साहित्यिक समाजको व्ना पौको विमोचन गरिएको थियो । संघीय सांसद प्रेम सुवालले दुवै पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा स्थानीय दाफा भजन गुरु कृष्णभक्त होनालाई पनि दोसल्ला ओढाई, पमाणपत्रसहित सांसद् सुवालले नै सम्मान गरेका थिए । 
यसअघि विहान भिन्तुना रयाली निकालिएको थियो । मध्यपुर थिमिकै नगदेश न्यागाः टोलबाट रयाली सुरु भएको थियो । रयाली नगरको विभिन्न भागहरुको परिक्रमा गरी बोदेमा पुगेर समापन भएको थियो । त्यस समापनस्थलमै कार्यक्रम भएको हो ।  
मध्यपुर थिमिका विभिन्न टोलहरुमा आयोजना हुँदै आएको विविध भाषाको २६ औं सृंखला मध्यपुर थिमि नगरपालिका वडा नं ८ स्थित बोदेको लाय्कु त्वाःमा आयोजनामा भएको थियो । विविध भाषा साहित्य सम्मेलनले भाषा, कला र संस्कति बचाऔं, राष्ट्रिय भावना जगाऔं उदघोषका साथ प्रत्येक वर्ष नयाँं वर्ष नेपाल सम्वतको दिन कार्यक्रम गर्दै आएको आयोजक समितिका अध्यक्ष दिलकृष्ण बाटाले बताए । 

Comments