आज वोदेमा विविध भाषा साहित्य सम्मेलन
कार्तिक १७, २०८१, शनिबार | विहान ०१:५२ बजे | 55
बोडे । मध्यपुर थिमिको बोदेमा आज शनिबार २६ औ विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मध्यपुर थिमिका विभिन्न टोलहरुमा आयोजना हुँदै आएको विविध भाषाको २६ औं सृंखला मध्यपुर थिमि नगरपालिका वडा नं ८ स्थित बोदेको लाय्कु त्वाःमा आयोजना हुने भएको हो ।
विविध भाषा साहित्य सम्मेलनले भाषा, कला र संस्कति बचाऔं, राष्ट्रिय भावना जगाऔं उदघोष गरेकोे छ । यही क्रममा विहान नगदेशबाट न्हु दँ साँस्कृतिक र्याली आयोजना गर्दैछ । बोदेमा साहित्यिक कार्यक्रम तथा साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको २६ औं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक ब्वज्याले जनाएको छ ।