मनले सोचेको जस्तो


कार्तिक १३, २०८१, मङ्गलबार | विहान ०१:५१ बजे | 10


मनले सोचेको जस्तो

कुमार लघु,ख्वप 
मनले सोचेको जस्तो कहाँ हुन्छ
हुने एकवटा भैरहने अर्कै हुन्छ ,

छोरो पाउने रहर आमा बुबालाई 
आमाले उल्टो छोरी जन्माई दिन्दा ! 

धान काट्न नि सहयोगीहरू पुग्ला भनि
तर सहयोगीहरू काम गर्न अपुग भै
नसिढेला भनी भरमग्दुर खटेर काम गर्दा 
नसोचेको जस्तो हुने रहिछ दौतरीहरू
सकिन्छ 

परिश्रमको फल नजानिन्दो तवरले पाउँदा
खुसीको सिमानै हुन्दैन् आहा! हाम्रो मेहनत 
एक आपसमा यस्तो मर्ने र दुःख गरेर के पायो
तै भविष्यमा किनमेल गर्न नपर्दा आनन्द ।
२०८१÷०७÷१३

Comments