विविध आयाम


कार्तिक ९, २०८१, शुक्रबार | विहान ०६:२४ बजे | 15


विविध आयाम

डा इन्दुल केसी 
दिन र रात, महिना र वर्ष
समय चक्र आफ्नै चालमा ।
शुक्ल पक्ष र कृष्ण पक्ष
उज्यालो र अँध्यारोका द्योतक ।
पुरुष र प्रकृति पनि दुई पक्ष
यिनका मिलनमा नवसृष्टि हुन्छ ।
उत्साह उमङ्ग सकारात्मक पक्ष
उदासीनता हीनता नकारात्मक पक्ष ।
उकालो ओरालो पनि दुई पक्ष
जीवन यसरी नै मृत्युमा बित्छ ।
धनी गरीब भौतिक भिन्नता
लोभी पापी वृत्ति भिन्नता ।
दाता र मगन्ते, राजा र रङ्क
शाषक र शोषित विपरीत धर्मी ।
          ०००

Comments