वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम
मंसिर २१, २०७७, आइतबार | दिउँसो ०१:११ बजे | 30
भक्तपुर । वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सृजना सैंजूले लैङ्गिक हिंसाविरुद्ध कानून बनाइ हिंसाका घटनालाई न्यूनीकरण गर्नुपर्ने सरकारहरु आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता खाइरहेकोमा खेद व्यक्त गर्दै अपराधीलाई कारवाही नगर्ने सरकारविरुद्ध संघर्ष गर्न विद्यँर्थीहरुलाई विद्यालय उमेरदेखि नै सिकाउनुपर्छ भन्नुभयो ।
नेपालको राजनीतिक इतिहासमा तीन तहमै सबभन्दा बढी महिला जनप्रतिनिधि भएको समयमा सबभन्दा महिला हिंसाका घटनाहरु हुनु लज्जास्पद भएको भन्दै उहा“ले पु“जीवादी व्यवस्था नै श्रमिक महिलाको हिंसाको एकमात्र कारण हो । यसबाट मुक्तिको लागि श्रमिक महिलाहरु राजनैतिक रूपले संगठित हुनु आवश्यक छ ।
छोरालाई प्राथमिकतामा राख्ने संस्कारले जकडिएको यो समाजलाई परिवर्तन गरी महिलाहरु आत्मनिर्भर बन्न सकेको खण्डमा अहिलेको स्थितिमा महिला हिंसा कम हुनसक्छ उहा“ले भन्नुभयो ।