कलम


कार्तिक ५, २०८१, सोमबार | विहान ०५:४२ बजे | 30


कलम

राम चन्द्र प्रजापति 
लेख्दै सरररर...
सर्र...सर्र
जूनको गीत 

पढ्दै 
फररर फर्र ..फर्र
घामको कथा
एक एक कोरेर
प्रेमका धर्सा
अनि
जोडिएका सम्वन्धहरू
युगल जोडी ।
शिक्षक
विद्यार्थी
बैज्ञानिक
कलाकार
नियम
कानुन
ईतिहास
सबका सब लेख्ने  
उही कलम। 
निलो
कालो 
रातो
कलमका कथा ।

Comments