सूर्यमढीमा कविता प्रतियोगिता हुने
कार्तिक ४, २०८१, आइतबार | विहान ११:१८ बजे | 55
भक्तपुर । प्रगति पुस्तकालय प्रगति सामुदायिक सिकाई केन्द्र तौलाछें ९ सूर्यमढी भक्तपुरको आयोजनामा कविता प्रतियोगिता हुने भएको छ । ११५ औं देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगिता कार्तिक १२ गते सोमबार ११ बजे सूर्यमढीमा हुने जनाइएको छ । प्रतियोगिता बुझाउने अन्तिम मिति कार्तिक ९ गते शुक्रबारसम्म रहेको जनाइएको छ । दर्ता शुल्क एक सय रुपैयाँं लाग्नेसमेत जनाइएको छ ।
शुभ दीपावली २०८१, न्हुँं द (नयाँंवर्ष) ११४५ को अवसरमा प्रतियोगिता गर्न लागेको जनाइएको छ ।