सरकारको भिजिबिलिटी पुगेन रे !


कार्तिक ३, २०८१, शनिबार | दिउँसो ०१:४१ बजे | 75


सरकारको भिजिबिलिटी पुगेन रे !

राजु तामाङ, काभ्रे

निर्वाचनको बेला 
जनतालाई मुर्ख बनाउन सक्छौ तिमी
झुक्याउन र छक्याउन त झनै खप्पिस छौ तिमी
आफू विजयी हुन,
जनताको घरघरमा बिजुली बत्ति 
खेत र बारीबारीमा बिजुली बत्ति 
घरघरमा ग्यासको सिलिन्डर र पाइप
पु¥याई दिने बाचा गर्छौ तिमी।

धनी बन्ने हो भने काम गर्नु
खानालाई मात्र हो भने 
सरकारले ओछ्यानओछ्यानमै
खाना पु¥याइदिन्छ भन्दै 
भाषण गर्ने तिमी ।

झुठो आश्वासनहरू दिदै
बकम्फुसे नाराहररू घन्काउदै
जालझेल र धाँधली गरेरै
चुनाव जित्ने खेलमा सफल हुन्छौ तिमी।
 त्यतिखेर
सांसद् र मन्त्री बन्न
दौडधूप गर्दै
तिम्रो भिजिबिलिटी 
बिहानदेखि बेलुकासम्म
जहाँतहीँ पुग्ने,
तर विडम्बना 
प्रकृतिको विपत्तिमा परेर
घण्टौघण्टासम्म छानो माथि उभेर
प्राणको भिख मागिरहेकाहररू,
घरबारविहीन भएका
ती सुकुम्बासीहररू,
बाबुआमाविहीन भएका 
ती टुहुरा टुहुरीहररूको
गुहार र चीत्कार 
सुन्न र हेर्नलाई 
तिम्रो भिजिबिलिटी नपुग्ने?
यो जनउपेक्षताको पराकाष्ठा हो।
अमानवीयताको परिचय हो।


ए मेरो देशको सरकार 
म तिमीलाई के भनौं ?
दृष्टि भएको भनौं कि दृष्टिविहीन भनौं ?
जिम्मेवारी भनौं कि गैरजिम्मेवारी भनौं ?

Comments

ताजा खबर