रंङ्गीचंङ्गी विरंङ्गी
कार्तिक १, २०८१, बिहीबार | दिउँसो ०१:०३ बजे | 25
डा. इन्दुल के.सी.,भक्तपुर
९८४१३३४११३
मुखमा सेतो पाउडर घसेकी
ओठमा रातो लिफ्ष्टिक लगाएकी
गालामा गुलाफी रंङ्ग पोतेकी
आँखामा कालो गाजल लगाएकी
रंङ्गी विरंङ्गी पहिरण युवतीको पहिचान रे ।
मुखमा कालो–सेतो जुँगा पालेको
सेतो लबेदा–सुरुवाल कालो कोट
टाउकोमा भादगाउँले कालो टोपी
कम्मरको पटुकीमा खुकुरी भिरेको
गोडामा कालो जुत्ता लगाएको
बीर गोरखालीको पहिचा रे ।
विभाजीत दलहरुका थरी थरी रंङ्गीन झण्डा
रातो, पहँेलो, नीलो, कालो फर फर झण्डा
स्वेच्छाले कसैले दिएको सहयोग रकम चन्दा रे
गलत तरीका बाट आर्जन गरेको कालो धन रे ।
फागुमा खेलिन्छ रंङ्गको होली
बिद्रोहको नाममा बगाउँछ रगतको खोली
अन्डर ग्राउँण्ड, ओभर ग्राउँण्ड, खुल्ला पन रे
मादक पदार्थ सेवन गरी उफ्रिएको भक्कु नाच रे ।
सप्त रंङ्गी इन्द्रेणी प्रकृतिको द्योटक
रंङ्गी चंङ्गी विरंङ्गी ।