जन्मथलोको माया हुनुपर्छ


कार्तिक १, २०८१, बिहीबार | विहान ०२:०३ बजे | 80


जन्मथलोको माया हुनुपर्छ

कुमार लघु, ख्वप 

जन्मथलोको माया सबैले गर्नपर्छ
वरपर सर सफाई गरिरहनु पर्छ
आँगन टोल,धारा,पाती,पौवा 
पोखरी,मन्दिर र ध्वाको संरक्षण

वातावरण सन्तुलित वनाई राख्न पर्छ
समाजमा सहभागिता राख्नपर्छ 
समाजसित मित्रता गरिरहनु पर्छ
दाजभाइ दिदीबहिनी बोलचाल हुनैपर्छ 

विकास निर्माणमा अडिग रहनुपर्छ 
सामाजिक कार्यमा अगि सरूवा हुनु
आराम विराममा बोलचाल गरौ 
दान धर्म संस्कारमा र संस्कृतिमा 
दरिलो सहयोग गरिरहौ 

जन्मथलोले आफ्नो परिचय लिन्छ दिन्छ
अनुसाशित बसौ मिलिजुली रहौ 
संस्कार र संस्कृतिमा रहिरहौ 
छुच्चो बोली वचन नबोल्नुस् 

सबैलाई माया ममता गरि बसौ 
नेपाल र नेपालीको पैचाहान राखौ 
खानेपानीको स्रोत जोगाऔ 
अरूलाई सन्मान गर्ने गरौ 

सानालाई माया गरौ
वातावरण जोगाउन तत्पर रहौ
हाम्रो प्यारो जीवन सपारौ 
गाउँ ठाउँ तिलिक तल्काई राखौ 

सुन्दर फूलको बगैँचा पारी राखौ 
फोहोर जतन साथ थान्को लगाऔ
आफूलाई आफैले रक्षा गरौ 
हाम्रो मित्र र वातवरण चिनौ 

अरूलाई नि सिकाऔ 
स्वस्थ नै जीवन हो 
जन्मथलोको महत्व बुझौँ 

मेरो प्यारो जन्मथलो वनाई रहौ 
समूह चाहिन्छ ,समूहले दिलचस्पि राखौँ
मेरो प्यारो जन्मथलो तह्रा व्यासी,
२०८१÷०७÷०१गते

Comments

ताजा खबर