टिका जमराको शुभकामना


असोज २६, २०८१, शनिबार | विहान ०५:५५ बजे | 50


टिका जमराको शुभकामना

शोषित पीडित चाहन्छ स्वतन्त्रताको स्थापना 
सुख शान्ति समृद्धि फैलाउने त्यो घटस्थापना

अत्याचारी शोषकले थुनिँदै आएको भमरा
मुक्ति र प्रगति चाहँदै लगाउँछन् टिका जमरा

दमन अन्याय अत्याचारको रक्ताम्य रणभूमि
शान्ति र प्रगतिको लागि उम्रिएको जमरा भूमि

ठूलाबडाको स्वस्थ र निरोगिताको आशिर्वाद 
बहुल जाति धर्म संस्कृति फैलिँदै भातृत्ववाद

शोषणरहित समानता सुख समृद्धिको शुभकामना
अन्याय अत्याचार सदा अन्त्य रहोस् यहीँ कामना

Comments