यसपालिको दशैँ
असोज २४, २०८१, बिहीबार | दिउँसो १२:३३ बजे | 30
कुमार लघु, ख्वप
यसपालिको दशैँ छोरी र छोरी विनाको दशैँ
यसपालिको दशैँ आमा बुका बिनाको दशैँ
यो दशैँ वाढी पहिरोको लागि दशाको दशैँ
दशै मनाऔ दिनभरीको सिकार नमनाऔ त
यो पालि खल्लो दशैँ
गाउलेको छिमकीहरूको आँसु र रोदनको दशैँ
कोहीको नाती नातिना पहिरोले बगायो
कोहीको छोराछोरी ,
श्रीमान् र ससुरा बगाएको दशैँ
दशामा घर पहिरोले लग्यो दशै आयो
न घरमा खान चामल छ र आँसु नै रोक्यो
देश शोका कूल अपस्थामा
सिँगैगाउँ शोक मग्नको वेला
दशैँ दशामा चिच्याएर आयो
घरले परिवार थिचिएर बित्यो
कोही वर्खी सेतो कपडामा
कोहिको आँखामा आँसु टपटप झरेको बेला
रूदारूदा आखाँ सुकेको अवस्था
चराचुरिङ्गी आक्रोशले आकाशका
पल्टाबाजीले अतालिएको बेला
अत्यास लाग्दो समयमा
रोदनको दशैँ घर आँगनमा
भित्रिन्दै करले मनाउन परिरहेछ
न त घरमा शान्त जान पाएको छैन्
अझै पहिरो र भूकम्पको त्राश छदैछ्
बजार भाऊ आकाशिएको छ
धमाधम आमा वुबा छोडर विदशीएको वेला युवतीहरू धमाधम देश र आमा बुबा
एक्लो छोडेर उराथ लाग्दो समय
आँखामा नातीना तोलाई रहेको र
टोल शहर बजारमा कुनै रौनक छैन्
दशैँ दशैँ आएको भान पारेर जानेछ,
२०८१÷०६÷२४ गते