संकट मानवले निम्ट्यायो
असोज २१, २०८१, सोमबार | विहान ०१:५९ बजे | 40
कुमार लघु,ख्वप
आईलाग्यो दशैँ नजिक दशा
पाहाड पर्वत वरपर वस्नेलाई
नेपाल आमाको सन्तान वगायो
आऊ जाऊ गर्ने वाटो बगायो,
नयाँ नेपाल बनाउन लोभ्याएर
गाउँ ठाउँ शहर बजारमा डोजर
नयाँ शहर वाटोघाटो वनायो
वर्षा भयो, भेलले वग्यो
वर्षाको पानीले पहिरो ल्यायो
पहिरोले गाउँ शहर बगायो
पानीले धन,जन,वाटो,टोल बगायो
वर्षाको भेलमा कसैको केही लागेन्
धन जन परिवार बगाई लग्यो
मर्ने मरि गयो
वाँचेकालाई समस्याले थिचियो
गाउँ शहर उजाड व–यो
नजाने र आउने वाटो छ?
सरकार अपाङ्ग छ,
मरेका बाँचेकाको
हेरचाह गर्ने आँट ल्याएन्
गाउँ शहर डाँडा डोजरले
कोपर्न रोक्नु पर्दैन् ?
वडासित सिफारिस लिनदिन पर्छ,
बुबा र पुर्खाको गौरव बाकी राख्नुपर्छ
त्यो डाँडा र थुम्को पूर्खाको धरोहर
संरक्षित र त्यो जिऊ ज्यान जोगाउन
जहितहि जथाभावि डोजर चलाउन
सबैले बन्द गर्न लाउनु पर्छ
वाटो वनाउँन सबैको सम्रक्षण होस्
संकट मानवले निम्ट्यायो
खोला मिचेर घर र वाटो वनायो
पैरो आउने ठाउँमै
वस,ट्क गुडायो
थर्काउन नहुने थर्केर
पहिरोले वस धकेलेर नदीमा पुग्यो
मानविय क्षति भयो
घर खोलातिर वनायो
खोलाले के गर्छ थाहै छ त,
प्रकृतिको दोहन रोक्नुपर्छ,
पाहाड सिध्याउन चिथोरेको छ
पाहाड विध्दको विचा, लिनपर्थो
कसैले कसैको महत्व दिएन्
आ आफ्नो स्थानमा महत्व दिन पर्थो
पाहाडको टाउको,हात जिऊ काटे
नखीको निकास थुने
के यो न्याय हो?
नदिलाई स्वतन्त्र बग्न दिनपर्छ
पानी बग्ने सुनिश्चत राख्नु पर्छ
पानीले लिन्छ ज्यान
भोकले लिन्छ ज्यान
मानविय नाता झनझन पर गयो
मानवता कमै बुझे
सबैले बुझे हुन्थो
सबै ठूला भए
आ आफ्नो ठाउँमा बसेर
जिऊन जानोस्
मानविय संकट न मिट्यायोस् ।
२०८१÷०६÷२१