मेसेज बक्सको दुनियाँ
असोज १८, २०८१, शुक्रबार | विहान ०४:२२ बजे | 45
सुनील सापकोटा कौशलटार, भक्तपुर हिजोआज सोसल मिडियाका ईन्टरनेट मेसेज बक्स हरु ठगी ,अश्लीलता र अपराध गर्नेथलो को रुपमा पनि बढी प्रयोग भएको देखिनथाले को छ । दिनहुँ " साइवर क्राइम" का घटना हरुले पुलिसहरु परेशान छन्।अचेल धेरै ठग हरु र अपराधीहरुले प्रेमको खोजमा निस्के का युवा - युवतीहरु लाई, स्कुल कलेजका टिनएजरहरु लाई बिदेश गइ क्यारियर बनाउन खोज्ने सोझा मानिसहरु लाई , विभिन्न प्रोभो लनहरुको जालमा फसाएर शिकार गरेको पाइन्छ । येस्तै मेसेज बक्समा प्रेम खोज्ने काल्प निक दुनियाँमा रमाउने ब्यक्तिहरु पनि रातदिन घन्टौं चेटिङ गर्छन् ।अश्लील कुराकानी र नाङ्गो फोटोहरु मेसेजमा नयाँ साथीलाई पठाएर यौनको अतृप्त प्यास मेटाउन खोज्ने पनि गरेको देखिन्छ । जस्को फलस्वरूप आज हत्या , हिंसा , अपहरण , ठगी , बलात्कार , साम्प्रदायिक दंगा आदी अपराधिक घटनाहरु वृद्धि हुनमा मेसेस बक्सको पनि भूमिका रहेको देखिन्छ। घरेलु झगडाका मानिसहरू , अशान्त रहेका दुखितहरु , बेरोजगारहरु , त्यस्तै अत्यन्तै महत्वाकांक्षी केहि गर्न खोज्ने तर अर्ध वा अपुरो ज्ञान भएकाहरु , अनि बिशेष गरि काल्पनिक दुनियाँमा रमाउनेहरु नै विभिन्न अपराधीहरु बाट बेकुफ बनेर , ठगीएको देखिन्छन् । कति त बेइज्जती भएर आत्म हत्या सम्म गर्न पुगेका धेरै उदाहरणहरु हाम्रै नेपाली समाजमा पनि अचेल पाइन थालेकोछ त्यसैले प्रेम गर्ने ,रोमान्स गर्ने ,क्यारियर बनाउने,आदि इत्यादि कुराहरु मेसेज बक्समा नखोज्न म बिशेषगरी अचेल का युवा- युवती हरु संग आग्रह गर्दछु । प्रेम गर्नुहुन्छ नै भने बास्तविक दुनियाँमा गर्नुहोस् ।प्रेम पाइन्छ भने वास्तविक दुनियाँमा नै पाइन्छ । धन्यवाद ! // इति