बिमाको नाममा ठगीधन्दा ?


असोज १८, २०८१, शुक्रबार | विहान ०२:५९ बजे | 65


बिमाको नाममा ठगीधन्दा ?

अर्जुृन कोन्दा
“नमस्कार, तिमी आएकैले आज घाम लागेजस्तो छ ।” सुमनले आफ्नो कारखानामा रामकृृष्णलाई देख्ने बितिकै भने । रामकृष्ण पनि जवाफमा मुस्कुराए । आफ्नो कारखानामा धेरै समयपछि रामकृष्ण आइपुगेको देखेर सुमन अलि खुशी नै थियो । सुमनले आफ्नो पुरानो साथीलाई फर्निचर कारखानाभित्र बस्न आग्रह गर्दै नजिकको चिया पसलबाट चिया मगाए । 
कलेजमा सँगै पढेका साथीहरु मिल्न पाउँदा दुबै खु्शी थिए । गफ चल्देै गयो । साँझको समय भएकाले अँध्यारो भइसकेको थियो । सुमनको कारखाना बन्द गर्ने बेला पनि भइसकेको थियो । तर उसलाई बन्द गर्न कुनै हतार थिएन, किनकी गफ त टुङगेकै थिएन । आपसी भलाकुसारीबाट सुरु भएको गफ परिवार मात्र नभएर आआफ्नो कामकाज र भविष्यको योजनासम्म पुग्यो । सुमन र रामकृष्णले आआफ्ना जीवनका पानाहरु किताबका पाना झै प्रत्येक पाना एक एक गरी पल्टाए । यसबाट दुबैलाई आनन्द मिल्यो । मित्रताको सम्बन्ध कलेज टुङगिदैमा कहाँ सकिन्छ र?
सुमनलाई आफ्नो विगतमा फर्कने राम्रो मौका मिल्यो । एउटै बेञ्चमा बसेर सँगै पढेका साथीलाई धेरै  वर्षपछि भेट्दा छुट्न गा¥हो हुनु अस्वाभाविक पनि त होइन । जसै सुमनले गफबाट बाहिर निस्केर कारखाना बाहिर हेरे,  झपक्क अँध्यारो भइसकेछ । रामकृष्णले पनि घर जान ढिला भएको महसुस गरे ।
कारखानाबाट बाहिर निस्कदै गर्दा रामकृष्णले एउटा प्रश्न गरे, अब परिवारको भविष्यबारे तिम्रो योजना के छ त ?
सुमनसँग जवाफ थिएन । कारण दशौँ वर्ष काम गरेपनि उसको बैङ्क खातामा पैसा थियो । दैनिक कमाएर दैनिक खानुपर्दा परिवारको भविष्यबारे सोच्न नै सकेको थिएन । यो कुरा सुमनले बल्ल महसुस ग¥यो । उता रामकृष्ण भर्खर मात्र किनेको नयाँ चिल्लो निलो कारको ढोका खोल्दै कारभित्र छि¥यो । अनि पछि भेट्ने वाचा गर्दै आफ्नो घर हुइँकियो ।
एकाएक सुमनको दिमागमा भुइँचालो आयो । ओहो! यतिका वर्ष काम गरियो, तर चिल्लो कार कहिल्यै चढ्न पाएको थिएन । हुन त सुमन पेशाले सिकर्मी हुन् । यसैले होला, उसको जीवन सादा थियो, विचार उच्च थियो । त्यो उच्च विचारमा रंगिन जीवनको चाहना कहिल्यै थिएन । मानिस बाँचुञ्जेल एक गाँस खानको लागि दौडने कुरा सुमनलाई थाहा थियो । किनकी उसले जिन्दगीभर  त्यही एक गाँस खाना जुटाउन आफ्नो समय अर्पिरहेको थियो । रामकृष्णको प्रश्नले सुमन रातभर जागा रह्यो र सोच्न बाध्य भयो । आखिर ऊसँग भविष्यको लागि के योजना  थियो त?
सुमनको उज्यालो मुहारमा बादल छाउन थाल्यो । भोलिपल्ट फेरि रामकृष्ण कारखानामा आइपुगे । यस पटक रामकृष्णले चिया मगायो । गफकै क्रममा उसले हिजोकै प्रश्न दोहो¥यो । सुमनसँग जवाफ थिएन । रामकृष्णले भन्यो, त्यसोभए अब परिवारको सुनिश्चित भविष्यको लागि जीवन बिमा गर्नुपर्छ, तिमीले । सुझाब राम्रो थियो तर सुमनसँग बिमा गर्ने पैसा थिएन । रामकृष्णले फेरि थप्यो, अहिले पैसा नभएपनि आँटिनु पर्दैन । साथी भनेकै आवश्यक पर्दाको लागि हो । जीवन बिमाको लागि आवश्यक फारम, पैसा सबै रामकृष्ण जुटाइदिए । सुमनले नाइ भन्नै सकेन। आफ्नो लागि सबै पैसा रामकृष्णले तिरिदिएकाले ऊ सुमनप्रति आभार थियो । तापनि साथीको पैसा उसको मनले स्वीकार गरेन । एउटा सहकारीबाट ऋण लिई रामकृष्णको पैसा केहि हप्तामा फर्काइदिए । 
जब बिमा गर्न सक्यो, रामकृष्ण पनि उसको कारखानामा देखापर्न छोड्यो । तर सुमनको रामकृष्णप्रति सम्मान कायमै थियो ।
तीन वर्ष सम्म त सुमनले प्रिमियम समयमै तिरिरहे । एक दिन सुमनको छोरा बिरामी भयो । उपचारमा लाग्दा लाग्दा आफूसँग भएको बचतले नपुगेर प्रिमियम नै तिर्न नसक्ने अवस्थामा पुग्यो । उपचारको लागि सुमनलाई थप पैसा खाँचो भयो । उसले बिमा रद्ध गर्ने निर्णय ग¥यो, ताकि बिमा बापत बुझाएको पैसा प्राप्त होस् । रामकृष्णले पनि कानूनी प्रकृयामा सहयोग ग¥यो । तर अफसोच् व्याज त के सुमनले आफूले बुझाएको प्रिमियमको आधा रकम मात्र मुश्किलले प्राप्त ग¥यो । सुमनलाई विश्वास भएन, उसले रामकृष्णलाई प्रतिप्रश्न ग¥यो । तर रामकृष्णले लाचारी प्रकट गर्दै भन्यो, एजेन्टबापत कमिसनको व्यवस्था त कम्पनीले पि ्रमियमबाटै गर्ने रहेछ । कमिसन नै प्रिमियमको पचास प्रत्शित हुने कम्पनीको नियमले सुमन छक्क प¥यो । देशमा बिमाको नाममा ठगी धन्दा पो चल्दोरहेछ । आखिर भविष्यको जोखिम देखाएर निर्दोषहरु कसरी लुटिने रहेछ , सुमनले नराम्ररी भोगे । रामकृष्णले पहिलो किस्ता सापट स्वरुप किन तिरिदियो भन्ने कारण सुमनले बल्ल बुझ्यो । रामकृष्ण आज पनि चिल्लो कारमा सयर गर्छ । ठगिने सुमनजस्ता पात्रहरु हजारौँ छन् । आज पनि सुमन सुरक्षित भविष्यको योजना कसरी बनाउने भनेर अन्यौलमा छ ।

Comments