सकियो सांस्कृतिक बाजा खलहरुको भेला
असोज १४, २०८१, सोमबार | विहान १०:३९ बजे | 40
भक्तपुर, असोज । चवालीसौं नेपाल भाषा साहित्य तःमुज्याको सांस्कृति समितिको आयोजनामा सांस्कृतिक बाजा खलहरुको भेला नेमकिपाका केन्द्रीय सदस्य एवम् ९ नं वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा कमलबिनायकमा आईतबार सम्पन्न भयो ।
प्रमुख अतिथि ज्याख्वले दशैं मनाउने सबैको आ–ंंंंंंआफ्नो फरक शैली अध्ययन शैली, नयाँ कुरा, नयाँ संस्कार सिक्ने र सिकाउने शैलीमा तःमुज्या उपयोग गर्नुपर्ने बताउँदै तःमुज्या स्थल वातावरण, दृष्य, अतिथि सत्कारले हाम्रो पहिचान झल्किने र नयाँ अनुभवहरु सुन्ने, नयाँ मञ्च, विशिष्ट व्यक्तिहरुको मन्तव्यले दिमाग सुसजित र पुनःताजगि हुने भएकोले शारिरीक र मानसिक स्वस्थ्य बनाउँछ भन्नुभयो । उहाँले दशैंमा आजकाल खाद्य सामाग्रीमा मिसावट हुने भएकोले खानपान ध्यान दिन अनुरोध गर्दै पञ्चायत कालदेखि नै तःमुज्याले संघर्षका दुखकष्ट भोग्दै अहिलेसम्म निरन्तरता दिई अएका अग्रजहरुलाई सम्मान स्वरुप भेला गर्नुपर्ने आवश्यकता बोध गर्दै नाकाबन्दिमा भारतसंग नझुक्ने प्रेरणा पाएकोले तःमुज्या खुल्ला कक्ष हो भन्नुभयो । उहाँले विपतमा उद्धार गर्न हेलिक्याप्टर नभएको तर धरहरा उद्घाटनमा पुष्प बर्षा गर्न र मन्त्रीहरु धुम्न हेलिक्याप्टर हुने यस्तो व्यवस्था र शासक दलका कारण नेपाली जनताले दुःख भोग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न कार्यक्रम संचालन सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले गर्नुभएको थियो । उक्त कार्यक्रममा गंगाराम ज्याख्व र पंचलाल लाछिमस्युले नवरात जाने बाजागाजालाई तःमुज्याको व्यनर सहित प्रचार गर्नुपर्ने सुझाब दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...