तुल्सी केशरी प्रजापति
नेमकिपा–९ दत्तात्रय समितिको आयोजनामा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४५,  मंसिर ९, २०७७ को अन्तरक्रियाका प्रमुख अतिथिज्यू, कार्यक्रमका सभापति सञ्जय मानन्धर, अतिथि तथा उपस्थित सम्पूर्ण सहभागी साथीहरुमा न्यानो अभिवादन । आजको यस अन्तरक्रियामा मलाई पनि सहभागी हुने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
यस अन्तरक्रियाको मुख्य उद्देश्य भनेको ः–
देश र जनतामा समर्पित विचार प्रधान श्रमिक साप्ताहिक पत्रिकाको मुख्य उद्देश्य भनेकै क्रान्तिकारी संस्कार र संस्कृति बनाउन जनतालाई अध्यापन गराउनु नै हो ।
यसले तल्लो बर्ग, उत्पीडन र शोषित पिडित जनतालाई मुक्त गर्न निरन्तर कलम चलाई रहेको छ ।
विश्व कम्युनिष्ट आन्दोलन र नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, बिचारहरु जनतासम्म पु¥याउने झण्डाको रुपमा रहेकोे पत्रिका हो ।
आज म क्रिश्चिनाद्धारा लिखित एकक्षणको के ‘प्रचण्ड’ अमेरिकी उपराष्ट्रपति जस्तै हुन ? शिर्षकमा रहेको लेख बारे केहि कुरा राख्न गइरहेकी छु ।
नेकपाको दुई तिहाई जीतले बनेको सरकारको आन्तरिक झगडामा रुमलिरहेको छ । एमाले र माओवादी एकता भएर बनेको नेकपा एकता हुनुको सैद्धान्तिक र व्यवहारिक आधार के के हुन भने जिज्ञासा राख्ने अधिकार जनतासंग छ । नेपाली जनतालाई जो नेकपाका मतदाता होइनन् तर तिनलाई पनि यो विवादका बारेमा जान्ने अधिकार हुन्छ किनभने उनीहरुका हातमा शासन गर्ने देशको बागडोर छ । कुनै गाडी हा“किरहेको चालकको समस्या भनेको यात्रीहरुको पनि समस्या हुनजान्छ किनकि गाडी दुर्घटना भएमा यात्रुहरु सबैको काल निम्तिने हुन्छ । त्यसैले आफ्नो जीउ धनको सुरक्षा अर्थात देश र जनताको निम्ति असर पर्न सक्ने भएकोले यात्रामा रहेका यात्रीहरुको पनि चासोको विषय हुन जा“डो रहेछ । जसरी मुद्दा हु“दा ऐन कानुन हेरेर निर्णय वा मुद्दा फैसला गर्छ । यो विवादमा ठिक वेठिक जनताले समर्थन र विरोध वा तत्स्थमा धारण राख्नु अभिव्यक्ति स्वतन्त्रता कै विषय हो ।
एमाले भाई कांग्रेस भनेर का.रोहितले धेरै पहिले नै ठम्याईसकेको छ भने मदन भण्डारीको जबज (जनताको बहुदलीय जनवाद) ल्याई सकेपछि शान्तिपूर्ण ढंगले चुनावबाट समाजवाद ल्याउने सिद्धान्त संशोधनवादी नीतिमा लिई सकेपछि यो पू“जीवादी पार्टी हो भनेर सर्वसाधारण समेतलाई ठम्याउन गा¥हो भएन । पटक पटक सरकारमा गएर कम्युनिष्ट घोषणापत्र अनुसार काम नगरेको, उत्पादनका साधनहरु समाजिकीकरण गर्नुको साट्टो निजिकरणमा जानुले पनि यो पार्टी पू“जीवादी दलदलमा फसिसकेको अनुभव हुन्छ ।
कम्युनिष्ट पार्टी सरकारमा गए न्युनतम १० वटा कार्यक्रमहरुः– १) जमिनदारी प्रथाको अन्त्य, २) देशद्रोहीहरुको सम्पत्ति जफत गर्ने, ३) राष्ट्रिय बैंक खोली सम्पूर्ण कारोबार राज्यको मातहतमा ल्याउने, ४) संचार र यातायातमा राज्यको पूर्ण अधिकार कायम गर्ने, ५) राज्यको मातहतमा कारखाना र उत्पादनका साधनको विस्तार गर्ने, ६) पर्ती जग्गा योजनाबद्ध ढंगले स्वतन्त्र गर्ने र माटोमा सुधार गर्ने, ७) सबैले काम गर्नु पर्ने अनिवार्यता स्थापित गर्ने खासगरी कृषिको निम्ति औद्योगिक सेनाको स्थापना गर्ने, ८) कृषिलाई उद्योगसंग जोड्ने र जनसंख्याको सन्तुलित वितरण गरी विस्तारै सहर र गाउ“बीचको भेद हटाउने, ९) सार्वजनिक विद्यालयहरुमा केटाकेटीका लागि निःशुल्क शिक्षा १०) कारखानामा केटाकेटीलाई काम गराउने व्यवस्था अन्त्य गरी शिक्षालाई औद्योगिक उत्पादनसंग जोड्ने आदि सरकारले गर्ने कार्यहरु हुन् । कम्युनिष्ट घोषणपत्रमा न्युनतम १० वटा कार्यक्रम यो यो गर्ने भनेको अनुसार काम नगरेको त छँदैछ साथै पू“जीपतिहरुको संचालक समितिको रुपमा पू“जीवादले गर्ने हरेक कार्यमा अग्रसर भयो । यसले के थाहा हुन्छ भने कम्युनिष्ट भनेको जनतालाई झुक्याउने ट्रेडमार्कको रुपमा प्रयोग गरे ।
जनताले चीनमा विश्वको उद्यमान शक्तिको रुपमा अगाडि आएको र रुसमा समाजवादी अक्टोबर क्रान्ति सफल भएपछि जनताका न्युनतम आधारभुत आवश्यकता सरकारले पूर्ति गर्छ र जनताको मुक्तिको बाटो भनेको समाजवादी व्यवस्था भएकोले कम्युनिष्ट प्रति झुकाब बढ्यो । तर नेपालमा कम्युनिष्ट भनाउ“दा नेकपाले संशोधनवादी नीति लिएकै कारण जनताको भोट बैंक बनाउन कम्युनिष्ट शब्दलाई ट्रेडमार्क रुपमा प्रयोग गर्दा विश्व भर कोरोनाको आक्रान्तको समयमा हाम्रो देशमा पनि कोरोना बढीरहेको बेला देश र जनताको सुरक्षामा केहि नसोचि पद र पैसाको लागि कुकुर झगडाको गरिहेकको छ । अहिले नेकपामा देखिएको झगडा सिद्धान्तको निम्ति नभई सत्ता भागबन्दा, नातावाद, कृपावाद, भ्रष्ट्राचार, गुटबन्दीको भनेपछि अतियुक्ति नहोला ।
माओवादी पार्टी २०५१ सालमा नेकाका शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला ४० सूत्रीय माग राखी सशस्त्र संघर्षमा गएको थियो । तर माओवादीहरुको संघर्षलाई नेमकिपाले अराजकतावादी गतिविधिको रुपमा विरोध गर्दे आएको थियो । त्यतिमात्र होइन १० बर्षे कथित जनयुद्ध भनेको अराजकतावादी गतिविधि भारत सरकारको संम्रक्षण र निगरानीमा भएको अहिले भारतीय नेताहरुले बोलेको र पुस्तकहरु प्रकाशित हु“दा प्रष्टिएको छ । माओवादी अण्डा कसले उत्पादन गरेको हो त्यो चाँही थाहा भएन तर कोरेलेको भारतले नै हो भनेर कांग्रेस नेताले बताएको थियो । का.रोहितले माओवादीहरु ट्रोजन हर्स हो भनेर भन्नुभएकोे छ । माओवादीहरुको सरकार प्रचण्ड र बाबुराम प्रम हु“दा देश हित विपरित र भारतीय स्वार्थ अनुसार धेरै सन्धिसम्झौताहरु गरे ।
यी दुई पार्टी एमाले र माओवादी मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टी हो होईन साथै पार्टी एकता गर्दा सिद्धान्त बहस भन्दा पदको भागबन्दा अगाडि गएर पार्टी एकता गरेको देखिन्छ । जसले गर्दा अहिले लोभिपापीहरुको सक्कली रुप देखिन्दै छ । नेकपा भित्र देखिएको अहिलेको झगडा सिद्धान्त र पद्धति भन्दा भागबन्दाको राजनीति भने कुरा आलोपालो सरकार चलाउने कुरा बाहिर आएको छ ।
पार्टी एकताको बेला आधा आधा प्रम हुने भारतीय विस्तारबादले नेपाल माथि झगडाको विउ थोपरेको हो । देश अस्थिर रहे भारतले नेपालको सीमा अतिक्रमण लगायत खनिज पदार्थमा दोहन गर्न पाउने हुन्छ । कुनै पनि संघ संस्थाको उदेश्य, विचार र सिद्धान्त हुन्छ । तर अहिले नेकपा फोहर फाल्ने डस्तबिन बनेको छ । जो पनि अट्ने सिद्धान्तहीन पार्टी बनेको छ ।  का.रोहितले “सिद्धान्तहीन र खराब एकताभन्दा झगडा र फुट झन् असल कुरा हो” भन्नुभएको छ । एमाले र माओवादी मिलेर बनेको अहिलेको नेकपाको झगडा यसैको परिणाम हो साथै “प्यास लाग्यो भनेर लाग्यो भनेर विष पिउनु गलत हुनेछ” । यी कुरामा एमाले र माओवादीका नेताहरुले ध्यान नदिंदा भारतले फाइदा उठायो ।
साथै २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम नेकाले कु वा विद्रोह भनेको थियो तर भारत र पश्चिमा देशले नक्कली विरोध गरेका थियो भने २०१५ सालमा चुनवा दुई दिन अगाडि नेपाल कम्युनिष्ट पार्टीले ठूलो विरोध प्रदर्शनलाई लिएर कम्युनिष्टहरु बढी जित्ने डरले राजा र कांग्रेसलाई मिलाएर आधा आधा अवधि विपि र सुवर्ण सम्शेरले चलाउने गुप्त समझदारी गराइएको थियो । पछि बहुमत प्राप्त विपिले राजीनामा नदिंदा सबैधानिक कु गरेको कांग्रेसको नेताहरुले नै भन्यो । तर पुस १ गतेको सबैधानिक कदम थिया भने विद्रोह भन्न मिलेन र विद्राह हो भने सबैधानिक हुन्न । सुर्वण सम्शेरलाई प्रम बनाउन नेहरु र राजावादीहरु सहमति हु“दा नेका र भारतीय समाजवादीहरुको दवाव दिल्लीमा प¥यो । नेहरुले विपि प्रम हुनु हुन्न भने हाम्रो मनसाय होइन बरु एक दुई कार्यकाल राजा र संसदको बीचमा पुलको काम गर्ने व्यक्तिलाई अगाडि सार्न खोजिएको भनेको थियो । बहुमत प्राप्त विपिले पछि राजीनामा दिएन । यो नै प्रजातान्त्रिक व्यवस्था थियो भने वेस्ट मिनिस्टर सिस्टम वा बेलायती संसदीय मान्यता थियो ।
अहिले दुई अध्यक्ष प्रणाली र आधा आधा सत्ता संचालन पुस १ गते ल्याउने चालबाजी अथवा बुद्धिचालको घोडा दिल्लीले अधि सारेको त होइन । यसले नेकपा फुटेर एमाले, कांग्रेस र मद्येशबादीको एकिकरण वा माओवादी, कांग्रेस र मद्येशवादीको मोर्चा बनाउने हो । मेलको विन्दु प्रचण्डलाई प्रम बनाउनु एमाले र माओवादी फुट्नु हो । यसले माओवादीहरु अल्पमतमा परि ओलीको सरकार पुनःबहाल हुनु हो । यसले प्रचण्ड दिल्ली जानु हो । साथै अहिले राजावादीहरु सलबलाउनु कागताली मात्र नहुन सक्छ । त्यसैले भारतीय विस्तारवादले हिन्दु राष्ट्र पुनःस्थापनामा गर्न समेत यो प्रपञ्च रचेको होइन भने आशंका व्यक्त गरेको छ ।
यो झगडा धु“वाको पर्दा भएकोले पद र भागबन्दाको झगडा हो भने यो झगडा लगाउनेमा भारतीय विस्तारवादको हात रहेको प्रष्ट छ अथवा दुईतिहाईको सरकार विरुद्ध प्रमुख प्रतिपक्षले चुइक बोल्न नसकेको अवस्थामा आफ्नै पार्टी भित्र झगडा लगाउन यो भरतीय विस्तारवादको काम हो यस्तो अवस्था विपि कोइरालाको पालामा सुवण सम्शेरलाई प्रम बनाउने भारतका नेहरुको कुराहरु यसमा आएको छ । अमेरिकामा उपराष्ट्रपतिको श्रीमतिलाई राष्ट्रपतिको दुर्घटनाको सपना देख्ने हु“दा उपराष्ट्रपतिलाई प्रशासनको सबै कुरा थाहा दिएको हु“दैन । त्यसैले यसको निष्कर्ष प्रचण्डलाई प्रशासनको सबै कुरा थाहा दिन नुहुने भने हो ।
धन्यवाद
...

All Comments.......


Please Login/Register To Comments