सावित्री केसी अब स्मृतिको पानामा
असोज १०, २०८१, बिहीबार | विहान ०१:३९ बजे | 40
मोहन पौडेल
(भक्तपुर ः लेखक तथा सम्धी)
२००३ सालमा पिता ब्रिगेडियर जनरल लक्ष्मीशमशेर राणा तथा माता विष्णुकुमारी राणाको परिवारमा जन्मनुभएकी सावित्री राणाको शुभविवाह डा. इन्दुल केसीसँग २०२४ सालमा भएको
थियो ।
उहाँ एक कुशल गृहिणीको भूमिका निर्वाह गर्न सफल हुनुभएको कुरा उहाँको पारिवारिक माहोलबाट पुष्टि भएको छ । यसरी ५७ वर्षसम्मको लामो अवधिमा एक छोरा, एक बुहारी, जेठी छोरी रजनी केसी, सजनी केसी नातिनातिनी रहेको सानो सुन्दर संसार भन्नुपर्छ ।
एक कुशल र सफल गृहिणीको भूमिका निर्वाह गर्नुका साथै गृहस्थ जीवनमा आइपर्ने हाम्रो संस्कार, परम्परा र मान्यता अनुसार नेपालका एक दर्जन तीर्थस्थलहरूको दर्शन भ्रमण गरेर अध्यात्म शान्तिको लाभ लिन उहाँ सफल हुनुभएको पाइन्छ ।
त्यसै गरी छिमेकी देश भारतमा रहेका धार्मिक दर्जनौँ तीर्थस्थल समेतको दर्शन भ्रमण गर्न सफल हुनुले उहाँको आध्यात्मिक र धार्मिक यात्रा सफल भएको पाइन्छ । दैनिक जीवनमा आइपर्ने चाडपर्वहरूमा सत्यनारायणको पाठपूजा र सत्सङ्गमा सरिक भई आर्थिक सहयोग गर्न अग्रसर रहेर पुण्यलाभ गर्न सफल शालीन नारीको भूमिका निर्वाह गर्न तथा सुन्दर परिवार र सफल परिवार निर्माण गर्न उहाँंको लगनशीलताको प्रशंसा जति गरे पनि कमै
हुनेछ ।
घरगृहस्थीमा रहेर ओराली–उकालो गर्दै गर्दा अचानक उहाँको स्वास्थ्यमा प्रतिकूल समस्या आइलाग्यो । अन्त्यमा स्वास्थ्योपचारका सम्भावित सबै प्रयास असफल भएर विधिको विधान नै भन्नुप¥यो, हामी जन्मेपछि मृत्यु पनि एक शाश्वत सत्य भएकाले आफ्नो प्रारब्धको मिति सकिएको हुनुपर्छ, दैवले अचानक एक परिवारप्रति बज्र प्रहार गरी २०८० साल असोज २१ गते सावित्री केसीको जीवनलीला समाप्त भयो । घरपरिवारलाई टुहुरो भावविह्वल बनाई आफू अनन्त ब्रह्मलीन हुनुभयो, पञ्चतत्त्वमा समाहित हुनुभयो ।
विधिको विधानसँग हाम्रो के लाग्छ र ? सावित्री केसीको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।