स्मृति पुस्तकमा मेरो दृष्टि


असोज ८, २०८१, मङ्गलबार | विहान ०६:४५ बजे | 90


स्मृति पुस्तकमा मेरो दृष्टि

एस. आर. पौड्याल 
(काठमाडौँ ः पूर्वशासक एवं लेखक)
शिव शिवेति नामोच्चारणात् नश्यन्ति, सर्वाणि पापानि लिखितं शिवग्रन्थे । शिव शिव भनी दुईचोटि भगवान्को नाम लिनाले सबै पापहरू नाश हुन्छन् । यो शिवग्रन्थमा लेखिएको छ । कति सजिलो ८ अरब सुख र शान्ति खोज्नेहरूका लागि अति उत्तम उपाय । मात्र सक्नुप¥यो । 
यो लेखनमा अभ्यास नभएको म मनुवा भन्ने प्राणी पहिले नै क्षमा माग्दछ । सदा सम्झनाका लागि । श्रद्धार्पण ! 
संसार, भवसागर, पृथ्वीतल आदि नामबाट स्थापित थातथलोमा असङ्ख्य प्राणीहरूको जन्म भयो । त्यसमा हाम्रो पनि भयो । जन्मथलो मृत्युथलोमा उब्जेका अन्नजलबाट यो भौतिक शरीर चलायमान् छ । विनाशुल्क पाइने वायुको भरमा प्राण, व्यान, अपान उदान, समान वायुले आफ्नै निजी कार्य गरेर स्वतःस्फूर्त चेतनाले काम पायो । 
अब प्रसङ्ग स्मृतिमा सम्धिनीज्यूसँगको दर्शनभेट । तीजताका निवासमै छँदा साहै्र सौहाद्र्र र स्नेहपूर्ण सुखका अनुभूति भयो । साथै ‘उक्त दिन सबै नाच्छन्, हामी मात्र किन हजुर ?’ भन्दा दुवै सम्धिनी उठेर नाचेको परिदृश्य स्वप्नमय भएको छ । त्यो आज सम्झनामा घच्घच्याउने गर्दछ । सुखमा सुख, दुःखमा दुःख हुनु हाम्रो यो दुइ परिवारमा पर्नु स्वाभाविक हो । किनभने हाम्रो घरायसी नाताले महत्त्व राखेको छ । 
२०८०।६।२१ गते आइतबार कहिल्यै पनि नबिर्सने वेदनाले हामीलाई थला नै पारिदियो । अघिल्लो दिन मात्र सम्धिनीज्यू अस्पतालमा भर्ना भएको खबर पाउनासाथ उपस्थित भयौँ । त्यो बेला उहाँको अवस्थाले हामीलाई भावुक बनायो । यो भेट नै स्मृति बन्ला भन्ने कल्पना पनि थिएन । आउनु र जानु संसारको रीत भन्ने कुरा यो पङ्क्तिकार पनि अरूलाई भन्ने गर्दछ । तर परेको बेलामा धैर्यले पनि अधैर्यको सामना गर्नैपर्ने रहेछ । त्यही नै भो तत्कालको समयमा डा. इन्दुल केसीज्यू मेरा सम्धीले त्यस बेला देखाएको धैर्य एउटा वीर पुरुषले सहन गरेको धैर्यजस्तै महान् लागेको छ । आफ्नी धर्मपत्नीको बिछोडको घाउमा लगाउने मलम बनेकै छैन यस धर्तीमा । केवल धैर्य मात्र हो । त्यो मलम जे भयो जानेले पनि माया बन्धनको पोको बोक्ने र जो बाँचेको छ, उसले त आफ्नो प्राण र भौतिक रक्षा गर्ने बाध्यता एकातिर छँंदैछ । 
डा. साहेबबाट केही सम्झनालाई अक्षरमा पनि राख्ने कि ! आज्ञा हुँदा म त लेख्ने सम्बन्धमा बालकभन्दा नै हुन्छ हजुर भनी दूरभाषमा कुरा भयो । तैपनि अनुरोधलाई शिरोधार्य गर्दै सानो टिप्पणीभित्र यो राख्दैछु । 
सम्धिनी श्रीमती सावित्री केसीज्यूले जिन्दगीको लामो यात्रामा आफ्ना परिवारप्रति गर्नुपर्ने उतारचढावका सुखदुःख बाँड्दै गृहस्थ धर्मको पालना गरेर यो अवस्थामा पु¥याई मानौँ हस्तान्तरण गरिबक्सेको छ । उपरोक्त कुरा सम्पादक डा. इन्दुल केसीज्यूबाट प्रकाशित पुस्तक ‘सावित्री स्मृति’ मा भरपूर छ । यो पुस्तकभित्र विभिन्न प्रेमी महानुभावहरूबाट र स्वयं डा. इन्दुल केसीज्यूको वर्णन–व्यथाले पूर्णता प्रदान गरेको छ । यो सबैमा जाहेरै छ । अधुरो केही छैन । 
पूर्णस्य पूर्णमादाय पूर्णमेवाऽवसिस्यते भनेझैं इतिवृत्त छ । मात्र स्मरण हो । अतीत अतीत हो । अब जिम्मेवारीमा उहाँका गुणहरूको अवलम्बन गर्दै उहाँबाट हस्तान्तरित ममताको भण्डार गृहस्थ कर्म सफल बनाउनुमा नै उहाँप्रति श्रद्धाञ्जली अर्पण हुनेछ । 

Comments