टाइम पास : श्राध्दबारे एक चर्चा


असोज ८, २०८१, मङ्गलबार | विहान ०६:३६ बजे | 45


टाइम पास :  श्राध्दबारे एक चर्चा

सुनील सापकोटा , कौसलटार , भक्तपुर

हिजोआज हाम्रो हिन्दु नेपाली समाजमा धर-धरमा महालय श्राद्धको कार्य भइरहेछ। हिन्दु धर्मावलम्बीहरुमा श्राद्ध परम्परा पुरातन कालदेखि चलि आएको एक महत्वपूर्ण धार्मिक विधि हो। 

यो विधि विशेष गरी हाम्रा पितृहरूको आत्माको शान्ति र तिनको ऋणबाट मुक्ति पाउन गरिन्छ।यसलाई पारिवारिक र सामाजिक दायित्व निर्वा ह गर्ने पवित्र कार्य मानिन्छ। तर आजको आधुनिक समाजका हिन्दु धर्मावलम्बीहरुले आफ्नो जीवित वाबु-आमाको हेरचाह र सम्मानलाई कत्तिको प्राथमिकता दिएका छन् भन्ने कुरा महत्वपुर्ण हो। म श्राद्धको विरोधी होइन् । तर जीवित वाबु-आमाको हेरचाह गर्नु नै श्राद्ध भन्दा बढी महत्त्वपूर्ण भन्ने मलाई लाग्छ। बाबु आमाको हेरचाह माया र स्नेहले हाम्रो जीवन लाई सार्थक बना उँछ। बाबुआमा जीवित हुँदा हेरचाह गर्नु नै उनीहरूप्रति वास्त विक सम्मान र सेवा हो। जब जीवित व्यक्ति तिरस्कार र बेवा स्तामा हुन्छ, मृत्युपछि श्राद्धको कुनै अर्थ राख्तैन। वाबु-आमा जीवित रहँदा तिनको स्नेह, सुझाव, र अनुभवबाट हामीलाई मार्गदर्शन प्राप्त हुन्छ।उनीहरूलाई समय दिनु,सँगै बस्नु, र तिनकोआवश्यकता पूरा गर्नु भनेको सजीव सम्बन्ध को महत्व हो ।
मृत्युपश्चात् गरिने श्राद्धले मानसिक शान्ति दिन सक्छ। तर सजीव सम्बन्धले हाम्रो जीवनलाई प्रेरणा दिन्छ। हिन्दु संस्कृतिमा पहिले पितृ लाई सम्झेर अनि मात्र देवता लाई पूजा आजा गरि चाड पर्व मनाउने चलन छ । 
 मेरो बिचारमा श्राद्ध त्यहि हो, जब हाम्रा बाबुआमा दिगंवत हुनु भन्दा पहिले तिनको चाउरि परेको हातलाई बडो प्रेमले आफ्नो हातले सुमसुम्याउनु । तिनीहरुको गाली र किचकिच सहेर बस्नु। तिनलाई समय समयमा खान दिनु।तिनको स्वास्थ को हेर बिचार गर्नु ।तिनको एक्लोपनाको मर्म लाइ बुझ्नु । अहिले जस्का बाज्येबज्यै - बाबुआमा जिवित छन , तिनीहरु ले वृद्ध आश्रमको मुख न ताकि तिनलाई आफैं सङ राखि तिनको दशमुजा परेका गालामा आँशु छल्किन नदिनु नै सच्चा श्रद्धा होला। ति सबै हाम्रा पूर्वजहरु जो दिगंवत भए , जसलाई हामिहरुले बाँच्दा कुनै खास चासो र इज्जत दिन सकेनौ । जो त्यस्का हकदार थिए। तर हिजोआज तिनको फोटोमा माला चढाउने र ब्राह्मणहरु लाई दक्षिणा दिइ खीर खुवाउने सुवसर दैनिक भइरहेकोछ। काश! यो श्रद्धा उनिहरु बाँच्दै हाम्रो हृदय भित्र भएको भए कति राम्रो हुन्थ्यो होला भन्ने मलाई लाग्छ । **

Comments