डाक्टर वन्न कहिले सिक्ने ?
असोज ४, २०८१, शुक्रबार | विहान ०५:२३ बजे | 60
कुमार लघु, ख्वप
मेरो गुणासो तिमी प्रती कहिले वन्ने डाक्टर
विरामी ठिक समयमा पुग्छ डाक्टर तिमी पुग्दैनौ
किन के भयो डाक्टर वन्न कठिन छ अरूको सेवा गर्ने
तिमीले गर्दा अर्काको अकालमा ज्यान जाला
तिमीलाई जनताको सेवा गर्न गाह्रो छ छोड्
डाक्टर पेशाले अर्काको ज्यान जोगाउन पर्ने है
पैसा नै कमाउने हो भने व्यापार गर पैसा कमिछ
विरामीको सेवामा समय नपुगि खेलवाड नगर्नु ल
तिमी हेर्दा सोझि व्यबहारमा अलि खरो छ है
बोलि जस्तै कार्यालयमा समयमै पुगेर सेवा गर
डाक्टर वन्न सिक जुनसुकै काम त कठिनै छ
जीवन सजिलो छैन् दुःखै दुःखमा बित्छ जीवन
डाक्टरले हो यो मानवको घरतिमा रक्षा गर्ने
जिउन नि गाह्रो छ ,जिवनमा अनेक रोगले सताउँदो रहेछ
अरू कसैसित लड्न पर्दैन् रोगसित लड्न पर्ने भयो
नियमित औषधिले ज्यान जोगिन्छ कि आसमा छु ।