दशै खुसीले मनाउँंदै छौ हामी


असोज ३, २०८१, बिहीबार | विहान ०६:४४ बजे | 25


दशै खुसीले मनाउँंदै छौ हामी

कुमार लघु, ख्वप 
यस वर्ष दशैलाई सबैले खुसीले मनाइने भयो । दशै सबै नेपालीले खुसीले मनाउने चाँडमध्येमा पर्छ । त्यसैले यो चाँडलाई वडा दशै भनेर चिनिन्छ । परापूर्वदेखि नै यो चाँडलाई विशेष रूपले मनाउने चलन थियो । उहिलेदेखि अहिलेसम्म कुनै नेपालीले छुट्टाउने चाँड होइन यो ।
घरमा के कस्तो तवरले खानपान गर्न सकिन्छ ? नेपालीले सुखदुःखका साथ हाँसिखुसी घरपरिवार जमघट गरेर मनाइने वडा दशै विशेष चाँड हो । चाँडले परिवारहरूलाई एकछाक रमाइलो तवरले खाने पिउने गरिन्छ ।
दशैमा देश बाहिर र देशभित्र कुनै काम विषेशले खटिएका परिवारजनका सदस्यहरू विदा लिएर दशैमा परिवारजनासित भेटघाट गर्न विदा लिएर घर आउने गर्छन् । 
कोहीले वर्षमा आइरहने चाँडमा परिवारलाई समाज यसरी मिलेर वस्न पर्ने गाह्रो साह्रो जिवनमा भइरहन्छ, जीवन जिऊनलाई समयको अन्तरालमा संघर्ष गर्नपर्छ भनेर पुस्तालाई प्रशिक्षण अप्रत्यक्षले तवरले सकाइरहेका छन् । 
देश परदेश गएर आमा बा र ससाना परवारलाई दशैमा एकजोर लुगा, खाना, खेलकूद, जिवनमा चाहिने दैनिकी सरसामाहरूका जोहो गरी परिवारलाई मनोरञ्जन र सुखको अनुभूतिमा राख्न समयको बहावसित बहने प्रयत्नमा लागेको पाउँछु ।
दशैमा धेरै पैशा खर्च हुन्छ । खाने पिउने लगाउने सरसामानहरू दशौ गुणा मूल्य महँगो छ ।  दशैमा खसी बोका, च्याङ्ग्रा पहिले सस्तो थियो अहिले त । निकै सरसामानदेखि लाउने खाने पिउने चर्काे मूल्य वृध्दि भएको जनताको गुणासो छ । गरिव जनताले दशै मनाउन सक्ने खालको परिस्थिती बनेको छैन है । 
जनता यो निर्वाचित सरकार हो । तर जनताको लागि कुनै राम्रो सन्देश दिन सकेको छैन् । नेपालमा गठवन्धन सरकारले जनतालाई गिज्याईरहेकाछन् ।
बजारभाऊ नियन्त्रण गर्न सकेको छैन् ।
   दशै आउने वेलामा दाइ बुबा मिले खसी च्याङ्ग्रा घर घर पिच्छे खरिद गरि बालबच्चाहरूलाई रमाउन दिन कठिन देखेको छु । आमा बुबाले पहिले भए आ आफ्नै घरमा गोठमा पाल्थे वजारमा किनी ल्याउथो अहिले सम्म त खसी बोका किनि लानेहरू कमैछ । 
जनताको जन समूदायमा दशैले खासै खुसी ल्याउन सकेको देखिएन् । पहिले भए हरेक घर घरमा लितपोत हुन्थो । घर बाहिर रङ्ग लाउने घर सिङ्गार्नेहरू देखिन्थो खोई अहिले त आम्दानी छैन जे छ जस्तो छ खाने पिउने बस दशै साधारण तवरले नै चलाउने देखिरहेको छ । 
पहिले भए टोलटोलमा विभिनण मनोरञ्जका खेलहरू खेल्थो। पुलिसले लखार्थाे । 
  पहिले वच्चाहरूले दशै यस्तो गित गाउन्थो ः–
दशै आयो 
खाउँला पिउँला 
चोरी ल्याउँला 
ध त पापी 
म त छुट्टै बसौला ।

मेरो बाबाले ठूला खसी किनेर ल्याउने रे ।भनी स साना नानीहरू कुरा काट्थे । अहिले त त्स्ता कुराहरू नै  सुननि  पाईदैन् । कस्तो चलन आयो ? सबै छक्क छन् ।
    समाजमा दशैले राम्रो सन्देश छर्न दिनु पर्छ। दशैमा  घटस्थापना भाद्र २८ गते हो भने ७ गते नवमी ८ गते दशमी हो ।
दशैमा पहिले पहिले जनतालाई राक्षसहरूले खुबै दुःखकष्ट दिएको हुनाले अष्टमातृका मिलेर संयुक्त लडाई लडेर जिताएकोले अवसर पारेर विजया दशमी भनी नामाङ्गकरण गरि शत्रुलाई हराएकोले नै एउँटा उत्सवको रूपमा धनी गरिव नभनि यो पर्व मानेर भोज खाने चलाईको कथनहरू कितावमा कथाको रूपमा पढ्न पाईन्छ ।
  पूर्खाले भविष्यका सन्ततिहरू– लाई शिक्षा दिन यो पर्व अति महत्वपूर्ण छ । नौ रातसम्म समानित रूपमा भक्ति भावगरी शिर निहुरेर सन्मान प्रकट गर्न विहान र वेलुका देवी देवताहरूको दर्शन गर्न जाने चलन चलाईरहेको मनन गरेको छु। 
इतिहास सम्झि राख्नुपर्छ । स साना नानीहरूलाई प्रसिक्षित पार्नुपर्छ । दशैको विधि विधान अनुसार चल्ने गर्नुपर्छ । 
अन्तमा कुनै पन नराम्रो हेर्न नपरोस् भन्दै जिवया दशमीको सम्वूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना भन्दै आजलाई पिदा हुन चाहान्छु  धन्यवाद ।

Comments