नेपाली नाट्यविमर्श लोकापर्ण हुने


असोज ३, २०८१, बिहीबार | विहान ०५:५४ बजे | 20


नेपाली नाट्यविमर्श लोकापर्ण हुने

काठमाडौं । नेपाल, भारतका साथसाथै तेश्रो मुलुकहरुमा रहेर नेपाली नाट्य गतिविधिमा संलग्न रहनुभएका विभिन्न महानुभाबहरुले लेख्नुुभएको कार्यक्रम, समिक्षा, लेख, अन्तर्वार्ता समावेश गरिएको बृहत नाटयग्रन्थ नेपाली नाट्यविमर्श नेपालमा विमोचन हुने भएको छ । यही असोज ६ गते आइतबार दिनको १ बजे राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानम कमलादी काठमाडौंमा लोकापर्ण हुन लागेको जनाइएको छ । 
नेपाल नाट्य प्रतिष्ठान पोखरा नेपालको आयोजनामा कार्यक्रम हुन लागेको आयोजक अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जनाए । कार्यक्रममा नाट्य क्षेत्रका विशिष्ट साधकहरुलाई विशेष सम्मान पनि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रममा नेपालका पहिलो राष्टपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।  

Comments