हाम्रो भक्तपुरको पोखरीहरू ....


असोज २, २०८१, बुधबार | दिउँसो ०३:४० बजे | 55


हाम्रो भक्तपुरको पोखरीहरू ....

कुमार लघु,ख्वप

हाम्रो भक्तपुरको पोखरीहरू हेर्दा आहा 
सधै सफा निर्मल सुन्दर र संरक्षित
रानी पोखरी,सिध्द पोखरी र नपुखु
जनताले शुभ विहानीमा परिक्रमा गर्ने 

यो त भयो भक्तपुरको पश्चिममा रहेको 
हाम्रो कमल विनायकको पोखरी 
नाम चलेको लामगाल पोखरी आहा 
रानी पोखरी रानीले मन लगाएको 

सिध्द पोखरी विभिन्न काम कुराले सिध्द 
भक्तपुरको इन्द्रायणीको पूजा गर्न राख्ने 
त्यो हो सिध्द पोखरी इनगामा रहेको 
नपुखु इट्टाछेँ नजिक उत्तरी हिमाल देखिने

भक्तपुर नगरपालिकाले पोखरीलाई 
स्कूलमा पढाउने पाठ्यक्रममा समाबेस 
नयाँ पुस्तालाई पोखरी अध्ययन भ्रमण 
झनझन पोखरीहरूको महत्व वढ्दै 

स्वास्थको दृष्टिकोणले जिवनमा 
उपयोगि हाम्रो भक्तपुरको पोखरीहरू 
हेर्नै पर्ने ममर्त गरेको हाम्रो भाज्या पोखरी 
 पोखरी एक रातमा निर्माण  गरेको कथन 

नभई नहुने मानव निर्मित पोखरीहरू
हाम्रो भक्तपुरको सुन्दर पोखरीहरू 
जुगजुग मानले सेवा लिए पायो 
अझै जुगजुग पोखरीले सेवा दिऊन् ।
२०८१÷०६÷०२

Comments