अतिथि सत्कार गर्न अतिथि सत्कार तालिम


भदौ ३०, २०८१, आइतबार | दिउँसो ०२:०० बजे | 35


अतिथि सत्कार गर्न अतिथि सत्कार तालिम

भक्तपुर, ३० भाद्र । चवालिसौं नेपालभाषा साहित्य तः मुंज्यामा पाल्नुहुने विशेष अतिथिहरुलाई अतिथि सत्कार गर्न अतिथि सत्कार तालिम एक समारोह बीच आज सम्पन्न भयो ।
कार्यक्रममा विशिष्ट अतिथि सत्कार समितिमा संयोजक कृष्ण प्रसाद धन्छाले तःमुंज्यामा गणेशमान सिंहदेखि नेपालको प्रथम राष्ट्रपति रामबरण यादवलगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट पाहुनाहरुलाई सत्कार गरिएको बताउनुहु“दै विशेष अतिथिहरूको सत्कार गर्दा स्वास्थ्यदेखि खानपान र शौचालय स्याहारसुसारसम्ममा ध्यान दिनुपर्ने बताउनु भयो । उहा“ले सरसफाई, स्वागत सत्कार, आशन ग्रहण, मायाको चिनो वितरण, व्याच वितरण, मन्तव्यमा माइक व्यवस्थापन, जलपान, विदाई र गाडीसम्म पु¥याउने विषयमा ध्यान दिनु पर्ने बताउनुभयो । उहा“ले तः मुंज्याले मानवअधिकारवादी ऋषिकेश शाहदेखि भक्तपुर काण्डमा सहयोगी नेपाल बार एशोसियशनका बरिष्ठ अधिवक्ताहरुको सहयोग र अहिले ख्वप विश्वविद्यालयको स्थापनार्थ संघर्षमा सहयोगीलगायतका विशिष्ट अतिथिको सत्कारले धेरै प्रभाव पर्ने भएकोले तालिम आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक आनन्दराम पुडासैनीले अतिथि सत्कार गर्ने व्यक्तिले आफ्नो दुःख कष्ट लुकाएर भएपनि हसिलो मुखले सत्कार गर्नु पर्ने बताउ“दै अतिथि सत्कार गर्ने व्यक्ति स्वयम् सफा सुघर र आकर्षक देखिनु पर्ने बताउनुभयो । ग्वसाखलःका सचिव सञ्जय मानन्धरले संचालन गर्नुभएको उक्त कार्यक्रममा ग्वसाखलःका अध्यक्ष कृष्ण भक्त लवजू र सांस्कृतिक समितिका संयोजक राम कृष्ण प्रजापतिसहित ३० जनाको उपस्थित रहेको थियो । तालिम यही २०८१ असोज १ गतेसम्म संचालन हुनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

अतिथि सत्कार गर्न अतिथि सत्कार तालिम
अतिथि सत्कार गर्न अतिथि सत्कार तालिम

Comments