तःमुंज्या ः राम दुवालको अध्यक्षतामा स्वास्थ्य समिति गठन


भदौ २४, २०८१, सोमबार | दिउँसो ०१:२१ बजे | 80


तःमुंज्या ः राम दुवालको अध्यक्षतामा स्वास्थ्य समिति गठन

भक्तपुर, भाद्र २४
५४ औ नेपाल भाषा साहित्य तः मुख्या सफलतापूर्वक सम्पन्न गर्न सोमबार स्थानीय स्वास्थ्यकर्मीहरूको भेला गरियो । सो भेलामा ४४ थौ तःयुज्या ग्वसाखलका अध्यक्ष कृष्ण लवजूले तः मुज्या काम गरी खाने जनताको सेवा र सहयोगको लागि भएको बताउनुभयो । 
साहित्य र सांस्कृतिक विधाहरु प्रदर्शन हुने बताउनु हुन्दै उहाले गरीब जनताले नवुझेर अस्पतालमा डाक्टर भेट्दा डाक्टरले लेखिदिएको पुर्जीवाट फरक औषधि किनेर खाने गरेको बताउनुभयो । उहाँले ४४ वर्ष अघि पहिलो तः मुंज्या र अहिलेको तःमुंज्यामा निकै फरक हुदै आएको बताउनुभयो । 
कार्यक्रममा ख्वप अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पताल नजिकै हुन रहेको तःमुज्या सम्पन्न गर्न स्वास्थ्यकर्मीहरुको सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा नारायणप्रसाद हयौमिखाले सबैको सहयोगको अनुरोध गर्नुभयो । सञ्जय मानावर र रामक्ष्मी दुवालले पनि बोल्नु भएको कार्यक्रमले राम दुवालको संयोजकत्वमा स्वास्थ्य सामति गठन गरियो ।

Comments