बीपी कोइरालालाई सम्झिंदा...
भदौ २४, २०८१, सोमबार | विहान ०७:१० बजे | 50
सुनील सापकोटा , कौशलटार , भक्तपुर
नेपाली राजनितीका उच्च ब्यक्तित्व , सहित्यकार एवं प्रजातान्त्रिक आन्दोलनको सिङ्गो प्रर्यायको रुपमा रहेका जननायक विश्वेवर प्रसाद कोईरालाको आज देशका विभिन्न स्थानमा जन्म जयन्ती मनाईदै छ। नेपालको राजनिती र इतिहासमा जानकारी भएका वा सो विषयमा चाख राख्नेहरु लाई वहाँले राणा शासन हटाउने देखि लिएर निरंकुश पंचायती ब्यवस्था हटाउने सम्मको नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको विभिन्न संघर्ष र त्यागको बिषयमा मैले यहाँ धेरै उल्लेख गरि रहनु पर्दैन होला भन्ने लाग्छ ।
बीपीकै सक्रियतामा राणा शासन अन्त्य गरि प्रजातन्त्रको स्थापना गर्ने उदेश्यले वि. स. २००३ साल कार्तिक १५ गते ( ३१ अक्टुवर सन् १९४६ ) का दिन भारतको बनारसको दूध विनायक भन्ने स्थानमा वहाँले त्यहाँ बसोबास गरिरहेका प्रवासी नेपालीहरु , बनारसमा अध्यन गरि रहेका " नेपाली छात्र संघ " का छात्र- छात्राहरु र भारतमा अवकाश प्राप्त केही नेपाली भूपु सैनिकहरु समेत लाई भेला गरि सुब्बा देवीप्रसाद सापकोटाको अध्यक्षतामा " अखिल भारतिय नेपाली रास्ट्रिय काङ्ग्रेस " नामक एक राजनीतिक पार्टीको स्थापना गराउनु भएको थियो। त्यही पार्टी पछी नेपाली रास्ट्रिय काङ्ग्रेस हुँदै आज नेपाली काङ्ग्रेस भएको हो भन्ने कुरामा इतिहास साक्षी छ।
आज नेपाली काङ्ग्रेसको रास्ट्र, रास्ट्रियता , प्रजातन्त्र र समाजवाद लगा यत जतिपनी आदर्श , उदेश्य र अन्य जतिपनी सिद्धान्तहरु छन ती सबै वीपी कोइरालाको नै चिन्तन हो। तर अफसोस! बीपीको अनुयायी भन्ने केही नेता तथा केही कार्यकर्ताहरुले वहाँको नीति तथा सिद्धान्त लाई आफ्नो ब्यक्तिगत स्वार्थ र सत्ता प्राप्तिको लागि पोलेर खाइ सकेको अव स्था छ । त्यसैले आज बीपीको सच्चा अनुयायीहरुले नेपाली काङ्ग्रेस र लोकतान्त्रिक ब्यवस्था लाई जोगाइ राख्ने हो भने बीपीको नै सिद्धान्त र आदर्शको बाटोमा हिंड्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।
धेरै के लेखुँ। स्वर्गीय बीपी कोईरालाको १११ औं जन्म जयन्तीको अवसरमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। जय नेपाल।
जन्म : वि.स. १९७१ साल भाद्र २४ गते
मृत्यु : वि. स . २०३९ साल श्रावण ६ गते
फोटो : बीपी कोईराला