अफसोस !


भदौ २४, २०८१, सोमबार | विहान ०४:५३ बजे | 40


अफसोस !

सुनील सापकोटा 
कौशलटार, भक्तपुर  

तिमी 
ती दिनहरुमा 
म सङ 
भेटिनु पर्दथ्यो 

जहाँ मोटरको 
आवाजले होइन 
कुखुरा बासेको सुन्दा 
बिहानीको आभास हुन्थ्यो 

जहाँ आफू भन्दा 
ठूला बडा लाई 
हेप्ने र मजाक गर्ने होइन 
आदर र सम्मान गरिन्थ्यो 

जहाँ झुठ बोल्नेहरु पनि 
धर्म र कानुन  मान्थे 
पापको डरले काम्दथे 

जहाँ रात वास बस्न आएका 
नचिनेको आगन्तुकलाई पनि 
देवता तुल्य ब्यवहार गरिन्थ्यो 

जहाँ राजनिती र समाज सेवालाई 
कामाउने धन्धा होइन 
साधुवादी पेशा  मानिन्थ्यो 

म 
ती दिनहरु खोज्दैछु 
जहाँ पुरुषले प्रेम पत्र लेख्थे 
स्त्री लज्जाको प्रतिमा बन्थिन 
खोइ ! कता  हरायो , हरायो 

प्रीये ...
तिमी 
ती दिनहरुमा 
म सङ 
भेटिनु पर्थ्यो 
तर आज 
अफसोस !

Comments