श्रमिक साप्ताहिक बर्ष २७ अंक ४४, २ मंसिर २०७७
मंसिर ९, २०७७, मङ्गलबार | दिउँसो ०१:४० बजे | 30
तुल्सी केशरी प्रजापति
नेमकिपा–९ दत्तात्रय समितिको आयोजनामा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४४, मंसिर २, २०७७ को अन्तरक्रियाका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभासद् सुरेन्द्र राज गोसाईंज्यू, कार्यक्रमका सभापति सञ्जय मानन्धर, अतिथि तथा उपस्थित सम्पूर्ण सहभागी साथीहरुमा न्यानो अभिवादन ।
आजको यस अन्तरक्रियामा मलाई पनि सहभागी हुने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
यस अन्तरक्रियाको मुख्य उद्देश्य भनेको ः–
भाषा र संस्कृतिको संरक्षण गर्नु मानव सभ्याताकै संवद्र्धन शिर्षकमा काठमाण्डौ टोखामा भएको नया“ बर्ष नेपाल सम्बत् ११४१ को शुभकामना आदान प्रदान कार्यक्रमको समाचार बारे केहि कुरा राख्न गइरहेकी छु ।
नेपाल सम्बत् बारे नया“ पुस्तालाई अध्ययन र अध्यापन गराउनु पर्ने आवश्यक बोधका साथै यसको प्रयोग र बैज्ञानिक कारणहरु बारे समेत अध्ययन गर्नुपर्ने बारे शुभकामना आदान प्रदानमा कुरा उठेको छ भने शंखघर साख्वले ऋण मोचन गरी देशको नाममा सम्बत् चलाएको हो ।
नया“ बर्ष नेपाल सम्बत् ११४१ न्हुद“को अवसरमा काठमाण्डौं टोखाको नया“ बर्ष आयोजना समितिको आयोजनामा शुभकमना आदानप्रदान जुमबाट सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव कामरेड प्रेम सुवालले नेपाल सम्बत्को सुरुवातको बैज्ञानिक आधारबारे थप खोज अनुसंन्धान हुनुपर्नेमा जोड दिनु भयो ।
उहा“ले भाषा, साहित्य, संस्कृति र सम्पदाबारे नया“ पुस्तालाई जानकारी दिनु पर्ने,
घरमा केटाकेटीसंग मातृभाषामै बोल्नुपर्ने,
कुनै पनि भाषाको हजारौं बर्षको इतिहास हुने भएकोले यसको संरक्षण गर्नु भनेको मानव सभ्याताको संवद्र्धन गर्नु हो,
ज्योतिषशास्त्र विज्ञान हो र यस विषयमा विज्ञानका विद्यार्थीले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
फास्टट्रयाक विकास र समृद्धि भन्दा विस्तारवाद र साम्राज्यवादी शक्तिलाई नेपाल भित्र पस्न सहज बनाउने भएकोले यसको विरोध गर्नुभयो ।