सन्दर्भ : तीजबारे लेख्दा ...
भदौ २०, २०८१, बिहीबार | विहान ११:४३ बजे | 35
सुनील सापकोटा । मो. ९८४२०२६२३३
नेपालमा आज र भोलि तीज चाड मनाइदै छ । भनिन्छ - हामिकहाँ नाग पन्चमी देखिनै त्यस बर्षमा पर्ने चाड पर्वहरुको आगमन हुन्छन् । यसरी बर्षात मौसमको हरियालीमा भाद्र शुक्ल द्वितीया देखि पन्चमी तिथि सम्म जम्मा चारदिन लगातार महिला द्वारा मनाइने यो तीजको आफ्नै महत्व र विशेषता देखिन्छ। बर्षातको मौसम भएकाले यसलाई हरितालिका तीज भनिएको हुनुपर्छ । यो चाडको सम्बन्धमा धेरै कथा र किंवदन्तिहरु रहेको पाइन्छन् । म त्यता जान्न। तर हिन्दु धर्मावलम्बी विवाहिता महिलाहरुले यो चाड मनाउनु पर्ने मुख्य कारण आफ्नो मनोकामना पूरा गराउनुको साथै आफ्नो पतिको दिर्घायू र सु - स्वास्थ्यको कामना गर्दै भावी सुखी र वैवाहिक जीवन लामो रहोस् भन्ने हो भने अविवाहित कन्याहरुले चाहिँ योग्य वर पाउनका लागि यो चाड मनाएको पाइन्छ ।
तीजको दिन भन्दा एकदिन अगावै महिलाहरु भोलिपल्ट निराहार व्रतको तयारीको लागि " दर खाने " ( दर्हो पोसिलो खाना ) खाने चलन छ । उक्त दिन महिलाहरु एक अर्को संग आ-आफ्नो मन भित्रका सुख दुःखका कुराहरु साटासाट गरि नाचगान गर्दै रमाइलो गर्दछन्। तीजको दुई -चार दिन अगाडीनै माइतीले छोरी - चेलीलाई घरमा बोलाइ र उनिहरु संगै बसी मध्य रातमा दर खाने गरिन्छ। अनि भोलिपल्ट बिहानै रातो परिहन लगाइ सजाउ भएर भगवान् शिवको पूजाआजा गरि व्रत बस्ने गर्छन् । यो चाडका अतिरिक्त गणेश चतुर्थी र ऋषि पन्चमीलाई पनि यसै चाड संगै मनाउने गरिएको संस्कृति छ ।
विगत केही बर्ष देखि नेपाली समाजमा तीज मनाउने क्रममा निकै टिकाटिप्पणी तथा आलोचनाका शब्दहरु सुन्ने गरिएको छ । हिन्दु परम्परा अनुसार चार दिन सम्म मात्र मनाइने यस चाडलाई हिजोआज धनि र मध्यम वर्गहरुका महिलाहरुले एक महिना अघि देखिनै भब्य रुपमा भोजभतेर गरि मनाइ सामाजिक संचार माध्यमका फेशबुक र टीकटकमा पोस्टहरु गरेको देखिन्छ ।जसले गर्दा समाजमा हुनेखाने र गरिव वर्गको बिचमा कतै द्वन्द्व नबढोस् भन्ने मलाई लाग्छ । किनभने हाम्रो गरिव देशले माओवादी सशस्त्र द्वन्दको भुँमरी बाट मुक्ती पाएको धेरै बर्ष भएको छैन् । अचेल देशमा व्यापक आर्थिक मन्दी छ । गरिव महिलाहरुलाई लुगाको त कुरै छोडौं दुई छाक खान पनि अहिले गाह्रो छ । त्यसैले मलाई लाग्छ केही महिलाहरुले तीजलाई धेरै खर्च गरि भब्य रुपमा मनाउदैमा के देशका सबै नारीहरु खुशी र सुखी हुन्छन् ? नारीहरुले आफुले चाहेको सबै मनोकामनाहरु पूरा गर्न सक्छन् ? यहाँ गणतन्त्र ब्यवस्था आए पनि सबै गरिव महिलाहरु लाई हाम्रो समाजमा पुरुष सरह हक र अधिकारको प्राप्त छ त ? पितृ सत्तात्मक हाम्रो समाजमा देशको दूर्गम पहाड र ग्रामीण भेगका अधिकांश महिला हरुले दमन , शोषण , अन्याय र अत्याचार बाट मुक्ती पाएका छन् त ? अझैपनी हामीकहाँ जनजाती , आदिवासी , मधेशी तथा मुश्लिम समुदायका अधिकांश महिलाहरु बिद्यमान कानुन प्रदत्त अधिकार बाट पनि वन्चित छन् । येस्ता धेरै कुराहरु छन जस्मा हाम्रो समाजका पढेलेखेका र धनीवर्गका महिलाहरुले रास्ट्रिय हितका लागि सोच्नु पर्ने देखिन्छ । मलाई लागेको महिला सुख , शान्ती र मुक्तिको आधारहरु मध्ये प्रथम आर्थिक पराधिनताको अन्त्य हो। त्यसपछि क्रमश पुरुषवर्ग सरह राजनिती , सामाजिक र कानुनी समानता आदि प्राप्त गर्नु हो।
अन्त्यमा तीजको यस अवसरमा नेपाली समाजका पुरुषवर्गले पनि महिलालाई हेर्ने परम्परावादी दृष्टिकोण त्याग्न जरुरी छ भन्ने मलाई लाग्छ । महिलालाई नगद , वस्त्र , भोजन र उपहारहरु मात्र दिंदा आफ्नो कर्तब्य पूरा भएको नठानी आफु समान अधिकारहरु लाई बराबर स्थिमा राख्ने सोच पुरुषवर्गले प्रारम्भ गर्नु पर्ने देखिन्छ। आजपनी कतिपय पढेलेखेका सम्भ्रान्त महिलाहरु पुरुषवर्ग बाट दबिएरै बसेको छन् । अहिलेपनी हाम्रो समाजमा धनीमानी र पढेलेखेका धेरै मानिसहरुले छोरीलाई छोरा सरह शिक्षादिक्षा र ब्यक्तिगत स्वतन्त्रता दिएको पाइदैन ।