पिता-पुत्र संवाद
भदौ १७, २०८१, सोमबार | विहान ०५:१५ बजे | 60
राजन कार्की
चारैतिर अन्धाकार ?
निकै औडाह भईरहेको थियो ।
धेरै समय देखि ,
ऐकोहोरो-
भागिरहेको थिए -
ऊ पिछा गरिरहेको थियो ।
वल्लवल्ल
म फुत्केको थिए-
तरपनि/
कुदिरहेको थिए ।
कताकता?
एक्कसी?
यतिखेर भने-
हामी आमन्ने सामन्नेभएका थियौ ।
हुनसक्छ-
सायद/
व्रमान्ड भन्दा पर ।
000 000 000
मैले भनेको माँनिस?
माँने -
मैले मुन्टो हल्लएँ /
मैले भनेको गरिस?
गरे-
मैले मुन्टो हल्लाएँ ।
खै नतिजा?
म नाजवाफ भए ।
तैले गरिखान गार्हो छ ।
चारैतिर ?
जाल विछ्याईको छ ।
कित्ताकाट -
भईसकेको छ।
दलाली घुमिरहेका छन् ।
000 000 000
होशियार?
म गंभीर भए ।
तैले कति कुरा -
अझै मानेकै छैनस ।
झन्-दुःख पाउँन सक्छस ।
मैले-
मैले मायाले दिएको संङघर्स?
तलाई पुगेनछ ।
अझै कम भएकै हो?
हाहाहा....../
तैले -
अब-देश थामीखान सक्दैनस ।
सवै बिदेशीले घेरिसके ।
मैले-
जतन गरि राखेको?
पुर्खाको ईतिहास
धुलिसात वनाउँदैछस ।
अव तैले-
कमसेकम-
जस्ताकोतेस्तै-देश?
नातिलाई वुझाउँन सक्दैसक्दैनस् ।
अर्काको मीठो कुरामा लाग्दा-
अब तैले-तिमिहरुले,
कालोवादलले ,
नपाउँने समस्या भोग्दैछौ ।
000 000 000
नाई........./?
यो हुन सक्दैन ।
म यसो हुन दिने छैन ।
म लडछु/
म फेरि नालापानीमा लड्छु ।
अल्मोडामा लडछु ।
अतः ( रुप स्वदेश तर सार विदेशी)
अन्तर्राष्ट्रिय तत्व संग लडछु ।
लडछु /लडछु / लडछु ?/
म खाट वाट
मटानमा वजारिन्छु
शरीर निथ्रुक्क भिजेको थियो-
भित्तामा टाँगिएको-
पिता/ पुर्खाहरुको तस्विर
विजय/ पराजय देखेर-
मुस्कुराई रहेको थियो ।
अस्तुः
फाेटाेमा हेर्नुहाेस्...