नाटक जनताले बुझ्ने भाषामा हुनुपर्ने
भदौ १५, २०८१, शनिबार | विहान ०२:३० बजे | 60
भक्तपुर । पीप्यपकगु नेपाल भाषा साहित्य तःमुज्या सफल बनाउन साँस्कृतिककर्मीहरुको भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.नारायणमान विजुक्छे (रोहित) ले परम्परागत नाचहरु पनि पहिलाको नाटक भएको बताउँदै खः प्याख, नवदुर्गा नाच, भैल प्याख, देवी प्याख सबै त्यति बेलाको नाटक भएको बताउनुभयो । उहाँले नाटक जनताले बुझ्ने भाषामा हुनुपर्ने बताउँदै देश, काल, परिस्थिति अनुसार भेषभुषा, रहन सहन लवाइ खवाईको दृष्य हुनुपर्ने बताउनुभयो । उहाँले साहित्य आदर्शवादी भन्दा यर्थाथवादी हुनुपर्ने बताउँदै लामो समयको भन्दा २४ घण्टा वा एक दिनको घटना विवरण अनुसारको नाटक राम्रो हुने बताउनुभयो ।
उहाँले वर्ग परिचय नाटक मार्फत ्श्रममा बाच्ने कामदार जनता र शोषक सामन्तहरुको बाीचकामा जनतालृे बुझ्ने भाषामा प्रदशर्न गरेको चर्चा गर्दै अहिलेको सामाजिक राजनीतिक परिवेशलाई नाटक ख्याल गीत मार्फत प्रस्तुत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष विजुक्छेंले विषय बस्तुलाई जीवन्त बनाउन अभिनय गर्ने कलाकारहरुले यथार्थपरक र स्वभाविक अभिनय गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखक एवम् ५ नं वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले प्रगतिशील साहित्य अगाडि लानुपर्ने बताउँदै कला पक्ष मिठास र गुणस्तर हुनु पर्नेमा खस्कि रहेको तर्फ तःमुज्याले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुःगुठीका अध्यक्ष आशकुमार चिकंबन्जारले नाटकमा के कस्तो हुनुपर्ने, कथाबस्तु, घटना, स्त्रोत, सहकथा वा पटकथा, संवाद, देशकाल परिस्थिति र कौटुहलता हुनुपर्ने बताउँदै पात्र छनौट, कथा अलौकिक नभई लौकिक हुनुपर्ने, संवाद भाषा जनताको हृदय छुने शिष्टाचार हुनुपर्ने र नेपाल भाषामा स्त्रीलिङ्ग नभएको तर्फ पनि ध्यानदिनुपर्ने बताउनुभयो ।
कार्यक्रम ग्वासाखलका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी प्रसाद चवाल र साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले संचालन गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...