गजल
भदौ १५, २०८१, शनिबार | विहान ०१:३९ बजे | 50
राजन कार्की
मनमा चोट भएपनि, खुशी लिएर जाउँ।
संघर्षको जिन्दगी यो, खाक्सी दिएर जाउँ ।।
निरस अतितको ज्वालाले ,मन जलाई दिदाँ ।
एकै क्षणको खरो मेटन जुसी पिएर जाउँ ।।
रमझमको समय आज, स्विकार वाध्यता भो।
घात-प्रतिघात भो,हुस्की- वियर ल्याउँ ।।
आँखा भरि जताततै, शून्य हात लाग्यो ।
जिन्दगी पुनः लेख्न, मसी लिएर जाँउ ।।
वदनामको डर किन? मनाउँनु छ उत्सव ?।
च्याँतिएको मिलनलाई, वसी सिएर जाँउ ।।