नेपाल भाषा साहित्य तःमुज्याको आयोजनामा प्रिन्सिपलहरुको भेला
भदौ १४, २०८१, शुक्रबार | विहान ०८:०६ बजे | 60
भक्तपुर, १४ भाद्र । पिप्येपकगु नेपाल भाषा साहित्य तःमुज्याको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल अन्तर्गत रहेको विद्यालयका प्रिन्सिपलहरुको भेला ग्वसाखलमा शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका कोषाध्यक्ष मोहन प्रसाद प्रजापतिले संस्थागत र समुदाय विद्यालय संगसंगै लानु पर्ने बताउँदै तःमुज्या भव्य रुपमा सफल पार्न आर्थिक सहयोग गर्न आतुर हुने विद्यालयहरुले फोन गरेर सहयोग गर्ने र कुनै कुनै विद्यालयहरुले आनाकानी गर्ने अनुभवहरु सुनाउनुभयो । बैचारिक रुपमा मतभिन्नता भएपनि तःमुज्याले गरिरहेको कार्यले सबैले सकारात्मक रुपमा हेर्ने बताउँदै सहयोग पनि गरेको छ भन्नुभयो ।
कार्यक्रममा इसानका अध्यक्ष प्रेमजन थापाले तःमुज्याबाट धेरै कलाकारहरु उत्पादन तर व्यवसायीककारण नहुँदा हराउँदै जाने भएकोले कलाकारहरुलाई सर्टमुभि, फिल्म, गीत एल्बम तर्फ प्रोमोट गर्नुपर्ने बताउनुभयो । उहाँले तःमुज्या बर्षमा एकपटक मात्र हुने भएकोले कलाकारहरुको उत्थानमा तःमुज्याले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा इसानका जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुले तःमुज्यामा विद्यालयबाट संस्थागत प्रतिनिधित्व गरी साँस्कृतिक विधाहरु ल्याउने तर उत्कृष्ट घोषणा गर्ने बेला व्यक्तिलाई दिने र विद्यालयको कुनै कदर समेत नहुने भएकोले पत्राचार गर्दा विद्यालयमार्फत गर्नुपर्ने र विद्यालयलाई पनि सम्मान गर्दा राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलाका अध्यक्ष कृष्णभक्त लवजुले जन समुदायमा आधारित भएकोले जनता रहे भाषा रहन्छ भने नारा समेत भएको तःमुज्या शिक्षा प्रचार र विद्यालयको हितमा समेत कार्य गरिरहेको बताउँदै साँस्कृतिक विधामा कला र विचार पक्ष सशक्त भएको विधाहरु आउने एउटै मात्र दबु भएको बताउनुभयो ।
कार्यक्रमा तःमुज्याका कोषाध्यक्ष नातिभाई ह्योम्बाले स्वागत र साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले संचालन गर्नुभएको कार्यक्रममा प्रिन्सिपलहरु प्राइम एकेडेमीका कर्ण बहादुर प्रजापति, एजे स्कूलका केबि प्रजापति, विद्या आर्जनका पुरुषोत्तम ग्वाछा, सूर्यदिप स्कूलका सिताराम सुवाल, सामुदायिक स्कूलका राज्यलक्ष्मी ख्याजु, लिशाका सुरेश रंजितकार, प्रोवेश स्कुलका प्रेम प्रसाद कर्माचार्य, प्रभात स्कूलका सरोज लवजु, ख्वप्रिङ्ग एकेडेमिका कृष्णसुन्दर प्रजापति, अमरज्योति मण्टेश्वरीका सुमिना बज्राचार्यले विद्यालयको साँस्कृतिक विधामा विद्यार्थीहरु हुने भएकोले अगाडि राख्नु पर्ने, तःमुज्यामा खर्च बढी हुने भएकोले कम खर्चमा बढी आकर्षण बनाउने पर्ने र आम्दानी अनुसार आर्थिक सहयोग धेरै गुर्नपर्ने बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...