साहित्यमा शव्दले मुर्छा पार्ने कला हुनुपर्छ
भदौ ८, २०८१, शनिबार | दिउँसो १२:१९ बजे | 75
भक्तपुर । साहित्यकार श्याम आशा पुरस्कृत भएका छन् । शनिबार भक्तपुरमा भएको धनमान लघुकथा पुरस्कार २०८१ समर्पण समारोहमा उनलाई दस हजार नगदसहित प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको हो ।
सिर्जना अभियान भक्तपुरले कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रत्येक वर्ष कथा र लोककथामध्ये एउटाएउटालाई पालैपालो वर्षमा एक पटक पुरस्कार वितरण गर्दै आएको जनाइयो । यो पटकको पुरस्कार लघुकथालाई परेको र यो नवौं पुरस्कार रहेको जनाइयो ।
लघुकथा समाज नेपाल काठमाडौंले यो पुरस्कार प्रदान गर्दै आएको जनाइयो । समालोचक प्रा डा कुमारप्रसाद कोइरालाले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले लघुकथाका शव्द मुक्तक, गजल जस्तो मानिसलाई मुर्छा पार्ने कला हुनुपर्ने बताए । उनले साहित्य शव्दको राम्रो अभियव्यक्ति भएको पनि बताए ।
कार्यक्रममा साहित्यकारद्धय धनमान श्रेष्ठ, ध्रुब मधिकर्मीले साहित्य समाजको ऐना भएको र यो समाजकै लागि सृजना गर्नुपर्नमा जोड दिए ।
कार्यक्रम समाजका अध्यक्ष गोपाल अश्लको सभापतित्वमा भएको थियो । कार्यक्रममा पुरस्कारका संस्थापक धनमान श्रेष्ठले पनि बोल्नुभएको थियो । साथै, एभरेस्ट स्कुल मिवाछें भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले पनि आफनो कुरा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका महासचिव सुमन सौरभले धन्यवाद ज्ञापन गरे ।, साथै सचिव श्रीबाबु कार्की उदास कार्यक्रम सञ्चालन गरे । साथसाथै स्वागत छविरमण सिलवालले गरे ।
कार्यक्रममा एभरेस्ट स्कुलका दुईजना छात्राहरु रुवी पंगेनी र अनुश्का कार्कीले आआफनो लघु कथा वाचन गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...