शैक्षिक र प्रशासनिक दक्षताको लागि विद्यालय व्यवस्थापनले मेहनत गर्नुपर्छ — अध्यक्ष बिजुक्छेँ


असोज १०, २०७७, शनिबार | दिउँसो ०३:४३ बजे | 65


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रम जूम (अनलाइन) मार्फत शनिबार सम्पन्न भयो ।
    कार्यक्रममा अध्यक्ष बिजुक्छेले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याउनुहुदै शैक्षिक र प्रशासनिक दक्षताको लागि विद्यालय व्यस्थापनले अझ मेहनत गर्नुपर्ने सुझाव दिनुभयो ।
    “कम शुल्कमा पढाउ“दैमा र संस्था पुरानो हुदैमा राम्रो हुने होइन । संस्थाको दक्षता राम्रो हुन व्यवस्थापकीय पक्ष राम्रो हुनुपर्छ, अनुशासित हुनुपर्छ”, उहा“ले भन्नुभयो ।
    प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन नहुने धारणा राख्नुहु“दै अध्यक्ष बिजुक्छेले भन्नुभयो, “बजारमा बिक्ने जनशक्ति तयार गर्नेभन्दा निःस्वार्थरूपले देश र जनताप्रति समर्पित नागरिक तयार गर्नेतर्फ शिक्षकहरूले ध्यान दिनु आवश्यक छ । विद्यार्थीको बानी–व्यहोरा र विद्यार्थीमा नागरिक भावनाको विकास गराउन शिक्षक कर्मचारीहरूले मेहनत गर्नैपर्छ ।”
    बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने र आदर्श समाज निर्माणको लागि एक ऐतिहासिक युग लाग्नसक्नेतर्फ सचेत गराउनुहु“दै अध्यक्ष बिजुक्छे“ले समाज परिवर्तनमा लाग्नेहरू विचलित नभई इतिहासबाट पाठ सिकी निरन्तर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    इतिहास, भूगोल र राजनीतिशास्त्रजस्तो देशको सार्वभौमिकता र भूअखण्डतास“ग सम्बन्धित विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू कम हु“दै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुहु“दै उहा“ले ती विषयहरूमा छात्रवृत्ति दिएर भएपनि विद्यार्थीलाई आकर्षित गर्नुपर्ने सुझाव दिनुभयो ।
    विश्वविद्यालय, सीटीईभीटीका प्रमुख व्यक्ति र राज्यका प्रमुख प्रशासकहरूमा अझ पनि जातिविरोधी दृष्टिकोण रहेको र त्यस्ता जातिवादी व्यक्तिहरू रहेसम्म विश्वविद्यालयकोे शैक्षिक स्तर नसुध्रिने उहाले स्पष्ट पार्नुभयो ।
    नगर राज्यहरूले विश्वविद्यालय स्थापना गरेको इतिहास रहेको उदाहरण दिनुहुदै अध्यक्ष बिजुक्छे“ले विश्वविद्यालय सञ्चालन गर्न सक्षम भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिनुपर्ने बताउनुभयो ।
    संरा अमेरिकी इतिहासमा ट्रम्प एक नकारात्मक राष्ट्रपति भएको उहा“ले स्पष्ट पार्नुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय÷कलेजसञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कोभिड–१९ को प्रतिकूलताबीच भनपाद्वारा सञ्चालित विद्यालय÷कलेजहरूमा नियमित पठन–पाठन हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
    भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्य लिई भक्तपुरका जनप्रतिनिधि र स्थानीयवासीले स्थापना गरेको यस विद्यालयको उद्देश्य पूरा गर्न शिक्षक तथा कर्मचारीहरूले निःस्वार्थपूर्वक सहयोग गर्ने अपेक्षा गर्नुहु“दै उहा“ले भन्नुभयो, “नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर राम्रो हुनुमा शिक्षक–कर्मचारीहरूको मेहनत र व्यवस्थापनको सफल नेतृत्व हो । विद्यालय र विद्यार्थीको भविष्य शिक्षकहरूको हातमा रहने हु“दा शिक्षकहरूले अझ मेहनत गर्नु आवश्यक छ ।”
    “देश सङ्घीयतामा गएपनि शासक पार्टीहरूमा केन्द्रीकृत मानसिकता अझ कायम छ । संविधान तथा कानुनमा स्थानीय निकायको अधिकार क्षेत्र स्पष्ट व्यवस्था भएपनि  केन्द्र सरकारले ती अधिकार दिन आनाकानी गर्नु संविधान र कानुनविपरीत हो”, प्रमुख प्रजापतिले भन्नुभयो ।
    कोभिड–१९ नियन्त्रणको लागि सम्भव भएसम्म प्रयास गरिरहेको चर्चा गर्नुहुदै प्रमुख प्रजापतिले भनपाले शनिबारबाट छुट्टै आइसोलेसन कक्ष सञ्चालन गरिसकेको जानकारी दिनुभयो ।
    विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नया“ शैक्षिक वर्षको कार्यक्रमबारे जानकारी दिनुहु“दै संस्था सफल बनाउन समूहगतरूपमा कार्य गर्ने पद्धतिको आवश्यकताबारे औ“ल्याउनुभयो ।
    कार्यक्रममा विद्यालयका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसीले पनि बोल्नुभएको थियो ।     
    ख्वप माविमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको नियमित पढाइ अनलाइनमार्फत आइतबारबाट हुने विद्यालय प्रशासनले जानकारी गराएको छ ।

Comments