कमरेड शोभा भाउजू


असार १३, २०८३, शनिबार | दिउँसो १२:३७ बजे | 45


कमरेड शोभा भाउजू

आर. के. विद्रोही 

संघर्षको बाटो रोजी न्याय र समानताको दीप बालिन्,
महिलाको अधिकारका लागि जीवनभरि आवाज उठाइन् ।
त्याग, साहस र समर्पणले समाजमा नयाँ चेतना छरिन्,
दुःख र बाधा धेरै आए पनि अडिग भई अघि बढिरहिन् ।

शोभा मिसको प्रेरणाले समानताको सपना सजाउँछौँ,
उहाँको कर्म र योगदानलाई सदैव सम्मान गर्दै सम्झाउँछौँ ।
सामान्य घरमा जन्मिई, असाधारण बाटो रोजिन्,
अन्याय, विभेद र शोषणविरुद्ध जीवनभर लडिन् ।

महिलाको अधिकार, समानताको उज्यालो दीप बालिन्,
साहस, त्याग र समर्पणले समाजलाई बाटो देखाइन् ।
राजनीतिक आन्दोलनका प्रत्येक मोर्चामा डटेर उभिइन्,
जेल, दुःख, पीडा र संघर्षका आँधीहरू हाँसी सहिइन् ।

श्रमजीवी महिला आन्दोलनको बलियो खम्बा बनिन्,
श्रमजीवी, किसान र महिलाको आवाज सधैँ सुनिन् ।
संगठन निर्माणमा दिनरात निरन्तर खटिरहिन्,
जनताको हक र अधिकारका लागि अघि बढिरहिन् ।

शिक्षा, स्वास्थ्य र चेतनाको ज्योति गाउँगाउँ पुर्याइन्,
पीडित र उपेक्षित वर्गको मनमा आशाको फूल फुलाइन् ।
क्यान्सरजस्तो रोगसँग पनि साहसका साथ जुधिन्,
जीवनका अन्तिम क्षणसम्म संघर्षको यात्रा बोकिरहिन् ।

हासो, ममता र सरलताले सबैको मन जितिन्,
निष्ठा र इमानको उदाहरण बनेर इतिहासमा अमर रहिन् ।
शोभा प्रधान केवल एउटा नाम होइनन्, प्रेरणाको शिखर हुन्,
समानता, स्वतन्त्रता र न्यायका उज्याला अभियान हुन् ।

कम्युनिस्ट आन्दोलनका प्रकाश स्तम्भ र खोटा विचारको खण्डनका
वरिष्ठ राजनीतिज्ञ का.रोहितका अर्धाङ्गनी शोभा भाउजु ।
उहाँका कर्म, विचार र त्याग सधैँ स्मरणीय रहनेछन्,
नेपाली महिला आन्दोलनका पानामा स्वर्ण अक्षरले लेखिनेछन् ।

                                धन्यवाद !
 

Comments